सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रपतिले नागरिकता विधेयक सम्बन्धमा कानुनविद्हरुसँग छलफल गर्दै


  •    न्युजभित्तो/२४ बैशाख २०८०, आईतवार १२:११ 
  • काठमाडौं,२४ बैशाख। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक सम्बन्धमा कानुनविद्हरुसँग छलफल गर्दैछन् । आज दिउँसो दिउँसो १ बजे राष्ट्रपति पौडेलले नागरिकता विधेयकका सम्बन्धमा कानुनविद्हरुसँग छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

    हिजो बसेको सत्तारुढ गठबन्धनको बैठकको बैठकमा राष्ट्रपति राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्न मिल्ने कानुन व्यवसायीले सुझाव दिएका थिए । हिजोको गठबन्धनको बैठकमा नागरिकता विधेयक अहिलेकै अवस्थामा राष्ट्रपतिले प्रमाणीकरण गर्न मिल्छ कि मिल्दैन भन्ने विषयमा छलफल भएको थियो ।

    संघीय संसद्का दुवै सदनबाट पारित भई राष्ट्रपति कार्यालय पुगेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणित गरेकी थिइनन् । पूर्वराष्ट्रपति भण्डारीले दुवै सदनबाट पारित भएको विधेयक रोकिदिएकी थिइन् ।

    उक्त रोकिएको विधेयकका सम्बन्धमा राष्ट्रपतिले छलफल गर्न लागेका हुन् । राष्ट्रपति पौडेलले यसअघिकी राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेको नागरिकतासम्बन्धी विधेयकबारे चासो राखेका हुन् । शीतल निवासमै अड्किएको उक्त विधेयकको कानुनी हैसियत के हुने भन्नेबारे चासो राख्दै राष्ट्रपति पौडेलले कानुनविद्सँग छलफल गर्न लागेका हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.