सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारमा जाने वा नजाने भन्ने टुंगो लगाउन रास्वपाको बैठक बस्दै


  •    न्युजभित्तो/२२ बैशाख २०८०, शुक्रबार १४:०५ 
  • काठमाडौँ,२२ बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दैछ । सरकारमा जाने वा नजाने भन्ने टुंगो लगाउन आज साँझ ५ बजे रास्वपाको बैठक बस्न लागेको हो ।

    यस्तै रास्वपाको पार्टी कार्यालय बसुन्धरामा आज बस्ने निर्णायक बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने वा समर्थन फिर्ता लिएर प्रतिपक्ष बन्ने भन्ने बारेमा टुंगो लगाउने भएको हो ।

    यसअघि गत सोमबार बसेको रास्वपा बैठकले आज शुक्रबार निर्णायक बैठक राख्ने निर्णय गरेको थियो । गत वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा निर्वाचित लामिछाने पुनः सांसद बनेपछि रास्वपालाई सरकारमा ल्याउन प्रधानमन्त्री प्रचण्ड लागिपरेका छन् ।

    रास्वपाका प्रवक्ता मुकुल ढकालले समसामयिक राजनीतिक विषय तथा बदलिँदो राजनीतिक परिस्थितिका बारेमा छलफल हुन गइरहेको जानकारी दिएका छन् । सभापति लामिछाने पुनः निर्वाचित भएर आएपछि दोस्रो पटक बैठक बस्न लागेको हो ।

    प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुनका लागि रास्वपालाई आग्रह गरेतापनि रास्वपाले भने अझैसम्म ‘ग्रिन सिग्नल’ दिएको छैन । सत्ता गठबन्धनले भने रास्वपालाई सरकारमा ल्याउनका लागि प्रधानमन्त्री प्रचण्डलाई अधिकार समेत दिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.