सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हरियाली बगैँचाको रुपमा भरतपुरलाई हेर्न लायक शहर बनाउँदै छु: मेयर दाहाल


  •    न्युजभित्तो/१९ बैशाख २०८०, मंगलवार १६:३५ 
  • चितवन,१९ वैशाख। भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरलाई हरियाली बगैँचाको रुपमा विकास गर्न लागिएको बताएकी छन् ।

    वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा निर्माण भएको पार्कको आज उद्घाटन गर्दै मेयर दाहालले भरतपुरको निर्माण चरण सकिएपछि हरियाली प्रर्वद्धन केन्द्रित हुने उल्लेख गरिन् ।

    मेयर दाहालले भरतपुर चारैतिर जंगल, दुई ठूला नदी र प्राकृतिक सौन्दर्यले भरिपूर्ण भए पनि थप बस्तीम हरियाली प्रर्वद्धन गरी सुन्दर बगैँचाको रुपमा विकास गर्न खोजिएको जानकारी दिइन् ।

    भरतपुरलाई बगैँचाको रुपमा विकास गर्न सबैभन्दा पहिले महानगरपालिका परिसरमा उदाहरणीय पार्क निर्माण गर्न लागेको जानकारी दिइन् । प्रमुख दाहालले भरतपुरको सरकारी कार्यालयबाट हरियाली प्रर्वद्धनको सन्देश प्रवाह गर्न सबै कार्यालयमा यस्ता पार्क निर्माण गर्न जरुरी रहेको धारणा राखिन् ।
    भरतपुरका सबै सडकको दायाँबाँया हरियाली प्रर्वद्धन हुँदा भरतपुर सुन्दर बगैँचाको रुपमा स्थापित हुने र यसलाई पर्यटनसँग जोड्न सकिने उनको भनाइ थियो । भरतपुरका मूख्य दुई घोल केरुङ्गा र पुंगीलाई संरक्षण गरी हरियाली सौन्दर्यकरण गर्ने काम भइरहेकाले पनि भरतपुर हेर्न लायक शहरका रुपमा विकास भइरहेको मेयर दाहालको विचार थियो ।

    वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कृषि विकास बैँकको १५ लाख रुपैयाँ र क्यान्सर सेवा समाजको साढे ३ लाखमा पार्क निर्माण गरिएको हो । करिब दुई बिघा क्षेत्रफलमा निर्माण गरिएको पार्कले क्यान्सर अस्पतालमा उपचारमा आउने बिरामीलाई घुमघाम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

    रोग निको हुन शारीरिक र मानसिक रुपमा तन्दुरुस्त हुनुपर्ने भएकाले बिरामीमैत्री अस्पतालको लागि पार्क निर्माण गरिएको अस्पतालका कार्यकारी निर्देशक देजकुमार गौतमले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.