सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जसरी पनि रास्वपा सरकारमा आउन प्रधानमन्त्री प्रचण्डको आग्रह


  •    न्युजभित्तो/१७ बैशाख २०८०, आईतवार ११:५२ 
  • काठमाडौं,१७ वैशाख।  राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन सरकारमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आग्रह गरेका छन् । आज बालुवाटारमा रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा प्रधानमन्त्रीले सो आग्रह गरेका हुन् ।

    स्रोतका अनुसार प्रचण्डले रास्वपाले अघि सार्ने सर्तहरू आफूलाई मञ्जुर हुने संकेत गरेका थिए । तर, लामिछानेले भने प्रचण्डको प्रस्तावलाई घुमाउरो रूपमा अस्वीकार गरेको स्रोतको भनाइ छ । उनले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन सक्ने स्पष्ट संकेत गरे ।’

    ‘हामी अहिले सरकारमा जाने मनस्थितिमा छैनौँ । सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन सक्छौँ,’ उनले भने । भेटमा रविले आफ्नो पार्टीले नीति तथा कार्यक्रममा समावेश गराएको ‘भ्रष्टाचारको फाइल खोल्ने’ एजेन्डालाई अहिले हटाइएकोप्रति तीव्र असन्तुष्टि जनाएका थिए ।

    ‘भ्रष्टाचारीलाई कारबाही गर्ने विषयमा नरम नीति लिने सरकारमा हामी कसरी सहभागी हुन सक्छौँ,’ उनले प्रश्न गरेका थिए ।

    प्रधानमन्त्रीले भने जसरी पनि रास्वपा सरकारमा आउनुपर्ने भन्दै नीति तथा कार्यक्रम पनि सच्याउन आफू तयार गरेको घुमाउरो संकेत गरेका थिए । तर, रविले भने पार्टी प्रतिपक्षमै बस्न सक्ने प्रधानमन्त्रीलाई बताएका छन् ।

    रास्वपाको भोलि केन्द्रीय समिति र संसदीय दलको छुट्टाछुट्टै बैठक बस्दै छ । भोलिको बैठकले सरकारबाट समर्थन झिक्ने विषयमा निर्णय भने लिने छैन । तर, सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने मनस्थिति नेतृत्वले बनाइसकेको बुझिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.