सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन क्षेत्र नं. २ मा ६२.७७ प्रतिशत मत खस्यो, गत निर्वाचनभन्दा ५ हजार ७४० मत कम


  •    न्युजभित्तो/१० बैशाख २०८०, आईतवार १८:२८ 
  • चितवन, १० वैशाख । चितवन क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचमा ६२ दशमलब ७७ प्रतिशत मत खसेको छ । दुई वटा मतदान केन्द्रमा केहीबेर रोकिएपनि समग्रमा जिल्लाको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो ।

    मतदानका क्रममा भरतपुर महानगरपालिका वडा नम्बर ११ नयाँ किरण माबिमा बिबाद भएपछि केही समय मतदान रोकिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरुले नाराबाजी गरेपछि उत्पन्न विवादपछि रोकिएको मतदान रास्वपाले गल्ती स्वीकार गर्दै सर्वदलीय सहमतिमा पुनः शुरु गरिएको थियो । कृष्णपुर मावि मतदान केन्द्रमा पनि केही समय रोकिएको मतदान पुनः शुरु भएको थियो ।

    यस क्षेत्रमा ४३ स्थलका १३८ केन्द्रमा मतदान गरिएको हो । जसमा ७८ हजार २७७ मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले जानकारी दिएको छ । यस क्षेत्रमा १ लाख २४ हजार ६९७ जना मतदाता रहेका छन् । जस मध्ये ६३ हजार २९१ महिला, ६१ हजार ४०३ पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका चितवनका सहायक निर्वाचन अधिकृत इश्वरी आचार्यका अनुसार उद्योग संघ चितवनको अन्तर्राष्ट्रिय प्रदर्शनी स्थलमा मतगणना हुनेछ । मतपेटिका ल्याउने क्रम शुरु भएको उहाँले जानकारी दिनुभयो । राती १० बजेसम्म मतपेटीका आईपुग्ने अनुमान गरिएको उहाँले बताउनुभयो । मतपेटीका आएपछि राजनैतिक दलको सहमतीमा मतगणना सुरु गरिने उहाँको भनाई छ । चार स्थानमा गणना गर्न मिल्ने गरी व्यवस्थापन गरिएको छ । तीन दिनभित्र परिणाम आउन सक्ने उहाँले बताउनुभयो ।

    यस क्षेत्रमा लोकतान्त्रीक बाम गठवन्धनबाट नेपाली काङ्ग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले) बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने लगायत २२ जना उम्मेदवार चुनाबी मैदानमा हुनुहुन्छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकता विवादमा सर्वाेच्च अदालतले सांसद पद खारेजी गरेपछि उपनिर्वाचन भएको हो ।

    गत मसिंर ४ गते सम्पन्न निर्वाचनमा ६७ दशमलब ६३ प्रतिशत अर्थात ८४ हजार १७ मत खसेको थियो । सो समयमा १ लाख २४ हजार २१७ मतदाता रहेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.