सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन-२ उपनिर्वाचनः राजमार्गसहित सबै सडकमा यातायात सञ्चालनमा रोक


  •    न्युजभित्तो/९ बैशाख २०८०, शनिबार १०:३४ 
  • चितवन, वैशाख ९–

    उपनिर्वाचनको मतदानको दिन भोलि चितवन क्षेत्र नं २ भर एम्बुलेन्स र दमकल बाहेकका सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गरी चितवन २ मा पर्ने राजमार्गसहितका सबै सडकमा अनुमति लिन नपर्ने अत्यावश्यक सेवा एम्बुलेन्स र दमकल बाहेकका अन्य सवारी साधनलाई रोक लगाउने बताएको हो ।

    यसअघि प्रशासन कार्यालयले राजमार्गमा गुड्ने लामो दुरीका गाडीलाई चल्न दिने बताएको थियो । गृह मन्त्रालयको निर्णय कार्यान्वयन र उच्चस्तरिय निर्वाचन सुरक्षा समितिको निर्णय बमोजिम पछिल्लो निर्णय भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । ‘अनुमति लिन नपर्ने सवारी साधन बाहेकलाई राजमार्गमा पनि सञ्चालनमा रोक लगाउने निर्णय भएको छ’, उनले भने ।

    भोलि मतदानको दिन बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म चितवन २ भर सवारी सञ्चालनमा रोक लगाइएको हो । चितवन २ मा पूर्व–पश्चिम राजमार्ग, नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग पर्छन् । यो निर्णय सँगै राजमार्ग भएर पूर्व र पश्चिम जाने र काठमाडौँ, पोखरातर्फ जाने लामो दुरीका गाडी पनि सञ्चालन हुन नपाउने भएका छन् ।

     

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.