सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उपनिर्वाचनका दिन लामो दुरीका सवारी साधन मात्रै चल्ने


  •    न्युजभित्तो/८ बैशाख २०८०, शुक्रबार १५:४३ 
  • चितवन,८ वैशाख। वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा चितवन क्षेत्र नं.२ को उपनिर्वाचनका लागि यस क्षेत्रमा स्थानीय रुटका सवारी साधान आवागमन बन्द गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गर्दै लामो दुरीका सवारी साधन बाहेक अन्य सबै सवारी साधनहरु संचालनमा रोक लगाइएको हो । लामो दुरीका सवारी साधनलाई पनि समूहमा मात्रै सुरक्षा निगरानीसहित नारायणगढतर्फ पठाइने सूचनामा उल्लेख छ । प्रहरीले चितवनको सिमाना धादिङतर्फको मौवा खोला, मुग्लिन, नारायणगढको पुलचोक र गोन्द्राङ चोकमा चेकजाँच गरि केही समयको अन्तरालमा मात्रै समूहमा मात्रै सवारी साधनहरुलाई गन्तव्यमा पठाइने प्रशासनले जनाएको छ ।

    चितवन प्रशासनले नारायणी पुलमा पर्न सक्ने सवारी साधनको जामको असरलाई न्यूनीकरण गर्न नवलपरासी पूर्वको गैंडाकोट क्षेत्रमा कडा चेकजाँच गरेर लामो दुरीका सवारी साधन एकिन गरेर मात्रै पठाउन भनिएको जनाएको छ । वैशाख १० गते जिल्ला प्रशासनबाट अनुमति प्राप्त सवारी साधनहरु, एम्बुलेन्स, स्वास्थयकर्मी, पत्रकारका सवारी साधनहरु मात्र संचालन गर्न पाइने चितवन प्रशासनले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.