सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उपेन्द्र यादव मधेशको अधिकारका लागि लड्ने सच्चा नेता हुन्ः देउवा


  •    न्युजभित्तो/७ बैशाख २०८०, बिहीबार १६:५३ 
  • बारा,७ बैशाख। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपेन्द्र यादव मधेशको अधिकारका लागि लड्ने सच्चा नेता भएको भन्दै तारिफ गरेका छन्। बिहीबार बारामा भएको उपनिर्वाचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू र उपेन्द्र यादव एउटै मन्त्रिमण्डलमा बसेर काम गरेको र यादवले सधै मधेशको अधिकारका लागि आफूसँग झगडा गरेको बताए।

    ‘मेरो क्याबिनेटमा हामी सँगै काम गरेका हौं। उहाँ मधेशको अधिकारकालागि क्याबिनेटमा पनि म सँग धेरै पटक झगडा गर्नुभयो मधेशका लागि लड्नुभयो,’ देउवाले भने, ‘उहाँ सच्चा मधेशका प्रति प्रतिवद्ध योग्य नेताको रुपमा पाएका छौं।’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपेन्द्रलाई जिताए जनताको सेवा गर्ने अवसर दिन आग्रह गरे। उपेन्द्रको पाँच वर्षे कार्यकाल हेर्न र चित्त नबुझे अर्को चुनावबाट विकल्पमा सोच्न समेत उनले जिकिर गरे।

    ‘उहाँले जनताको सेवा गर्नुहुनेछ। जनताको सेवा नगरे हटाए भएहाल्यो नि जनता देशको मालिक हो जनता पाँच पाँच वर्षमा जनताले राम्रो काम गर्ने नेतालाई जिताएर पुरस्कार दिन्छ राम्रो काम गर्न नसक्नेलाई निकालिदिन्छ,’ उनले भने, ‘राम्रो काम मधेशका लागि लड्नुभएको छ। पाँच वर्ष कमसेकम हेर्नुहोस् त्यसपछि ध्यान दिनुहोला।’

    बैशाख १० गते बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ। उपनिर्वाचनका लागि गठबन्धन दलको सहयोगमा जसपा अध्यक्ष यादव उमेदवार बनेका छन्। उनी गएको मंसिरमा भएको निर्वाचनमा सप्तरी २ बाट निर्वाचनमा पराजय भोगेका थिए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.