सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अस्पतालको बेडबाट आमालाई सम्झिदै चन्द्र भण्डारीले लेखे यस्तो भावुक स्टाट्स


  •    न्युजभित्तो/७ बैशाख २०८०, बिहीबार १२:५९ 
  • काठमाडौँ, ७ बैशाख। नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्रकान्त भण्डारीले आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन अस्पतालको बेडबाट आफ्नी दिवंगत आमालाई सम्झिदै सामाजिक संजालमा भावुक स्टाट्स लेखेका छन् ।

    काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा गत फागुन ३ गते ग्यास चुहिएर विष्फोट हुँदा घाइते भएका डा. भण्डारीको भारतको नेशनल वर्न सेन्टर मुम्बईमा उपचार भइरहेको छ ।

    ग्यास सिलिण्डर पड्किएर घाइते भएकी भण्डारीका आमा हरिकला भण्डारीको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा फागुन ४ गते निधन भएको थियो ।

    उनले आज आमाको मुख हेर्ने दिन आफ्नी आमालाई सम्झिदै बारीमा मकै खन्दै गर्दा होस् या घाँस काट्दा ढिकमा, खेत र गराका आलीमा मलाई राखेर कखरा, लघुकौमुदी सिकाएको कुरा अहिले पनि आफ्नो मनमा ताजै रहेको स्मरण गरेका छन् ।

    उनले आफ्नो पढाइको जग नै त्यही भएकोले तपाईँ मेरो आमा मात्र नभएर गुरु पनि हो भन्दै आफ्नी आमा अब यस धरतीमा भौतिक रुपमा हुनुहुन्न भन्ने कुरा अस्पतालको यस शैय्यामा थाहा पाएको बताएका छन् ।

    उनले आमाको रिक्तताको परिकल्पनाले आफूलाई अपूरणीय पीडाको अनुभूति भएकोले यसको पूर्णता नेपाल आमा र समस्त आमाहरुको सेवामा निरन्तर लागि रहने व्यक्त गर्दै देहविमुक्त कीर्तिशेष आमालाई अश्रुपुरित श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

    उनले आमाले देखाएको सत्मार्गमा निरन्तर हिँड्न सकूँ, राष्ट्र र समाजको समुन्नतिको चिन्तन गर्न सकूँ भन्दै आज मातातीर्थ औंसीको उपलक्ष्यमा आफ्नी आमालाई भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.