सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरलाई व्यवसायिक, इच्छाकामनालाई पर्यटकीय र कालिकालाई औद्योगिक केन्द्र बनाउँछु: न्यौपाने


  •    न्युजभित्तो/६ बैशाख २०८०, बुधबार १६:५६ 
  • चितवन,६ वैशाख । उपनिर्वाचनमा नेकपा (एमाले)बाट चितवन–२ मा उम्मेदवार बनेका रामप्रसाद न्यौपानेले जनताको सेवक बनेर काम गर्ने बताएका छन् ।

    आज बिहान नारायणगढको पोखरा बसपार्कमा आयोजित कोणसभालाई सम्बोधन गर्दै न्यौपानेले भने, ‘म निर्वाचित भएर गएपछि सांसद होइन, तपाइँहरुको सेवक बनेर काम गर्छु ।’

    देशमा यहाँ किसान, व्यवसायी, महिला, युवा सबैका समस्या रहेका उल्लेख गर्दै उम्मेदवार न्यौपानेले सबै समस्याको समाधानका लागि सरकारलाई दबाब दिने बताए । ‘यहाँ धेरै समस्या छन्, सबै समस्या एकपटक समाधान हुँदैनन्’ न्यौपानेले भने, ‘प्राथमिकताको आधारमा समस्या समाधानका लागि मेरो प्रयास रहन्छ ।’ अहिलेसम्म आफूले कुनै पनि गलत काम नगरेको र अबका दिनमा पनि गलत नगर्ने उनले प्रतिबद्धता जनाए ।

    भरतपुरलाई व्यवसायिक केन्द्रको रुपमा विकास गर्दै इच्छाकामनालाई पर्यटकीय क्षेत्र तथा कालिका नगरपालिकापालिकालाई औद्योगिक क्षेत्रकोरुपमा विकास गर्ने आफ्नो योजना रहेको न्यौपानेको भनाइ छ । भरतपुर देशकै केन्द्रमा रहेको यहाँ स्वास्थ्य, शिक्षासँगै व्यापारको राम्रो सम्भावना भएकाले त्यसतर्फ आफ्नो ध्यान केन्द्रित हुने न्यौपानेले बताए । चितवनको विकास निर्माणमा यहीँका युवाहरुको सहभागिता गराउने गरी आफूले योजना तयार पार्ने उनले बताए ।

    सुन्दर चितवन, समृद्ध चितवन बनाउन महिला शक्तिको महत्वपूर्ण भूमिका हुने भन्दै आफूहरुले महिलाको सम्मान गर्दै आएको न्यौपानेले बताए । ‘नारी शक्तिका विरुद्ध अनर्गल प्रचार गर्ने र तथानाम गाली गर्ने प्रवृत्तिलाई हामी सहन गर्न सक्दैनौँ, त्यस्तो गर्नु भनेको समग्र नारीको अपमान गर्नु हो’ उनले भने ।

    अखिल नेपाल महिला संघ (अनेमसंघ) चुनाव प्रचार–प्रसार समिति चितवनले गरेको कोणसभालाई पूर्वमन्त्री एवम् नेकपा एमालेकी सचिव पद्मा अर्यालले सम्बोधन गर्दै महिलाहरुलाई माथि उठाउने सम्मान गर्ने एकमात्रै पार्टी नेकपा एमाले भएको बताइन् । ‘महिलालाई नेतृत्व दिनुपर्छ भनेर बहस र पैरवी गर्दै बोलेको कुरा प्रमाणित गरेर देखाउने पार्टी एमाले हो’ उनले भनिन्, ‘महिला राष्ट्रपति, महिलानै पार्टीको जिल्ला अध्यक्ष बनाउने पार्टी पनि एमाले नै हो, त्यसैले हामी बोल्नेमात्रै होइन, गरेर देखाउँछौँ ।’ एमाले सपना बाँड्ने पार्टी नभएको भन्दै बोलेका कुराहरु पूरा गर्ने पार्टी भएको अर्यालले बताइन् ।

    महिलालाई माया गर्ने र महिलाको पक्षमा बोल्ने तथा कानून बनाउने पार्टी एमाले भएको अर्यालले बताइन् । ‘नारी शक्ति प्रदर्शन गर्न ¥याली गर्नु राम्रो हो, महिलाले चाह्यो भने सकारात्मक रिजल्ट दिन सक्छन्’ अर्यालले भनिन्, ‘यसपटक युवा तथा चितवनकै माटोमा भिजेका रामप्रसाद न्यौपानेलाई सूर्यमा भोट हालेर जिताएर पठाउन महिला दिदीबहिनीहरुसँग आग्रह गर्न चाहान्छु ।’ कोणसभा अघि अनेमसंघले नारायणगढको लायन्सचोकबाट वृहत ¥याली निकालेको थियो ।
    महिलाहरुको अगुवाइमा निस्किएको ¥याली पुलचोक, मेनरोड, लिलाचोक हुँदै पोखरा बसपार्कमा पुगेर सभामा परिणत भएको थियो । सभाको अध्यक्षता नेकपा एमालेकी केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य शिवकुमारी गोतामेले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.