सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रपति पौडेललाई थप उपचारका लागि आज भारत लगिँदै


  •    न्युजभित्तो/६ बैशाख २०८०, बुधबार ११:०४ 
  • काठमाडौँ,६ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेललाई आज थप उपचारका लागि बुधबार भारत लगिँदैछ। छातीमा संक्रमण भएपछि बिरामी परेका राष्ट्रपति पौडेललाई एयर एम्बुलेन्समार्फत् अहिले केही बेरमा भारत लैजान लागिएको उहाँका निजी सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिए।

    उनका अनुसार राष्ट्रपति पौडेललाई नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट आफ मेडिकल साइन्सेस (एम्स) मा लगिनेछ। उनका साथमा चिकित्सकसहित श्रीमती, छोरालगायतको टोली जाने अधिकारीले बताउनुभयो। राष्ट्रपति पौडेलको स्वास्थ्यमा एकसातादेखि समस्या देखिएको हो। गत साता उहाँ त्रिवि शिक्षण अस्पतालमा तीन दिन भर्ना भएर उपचार गराएका थिए। सोमबार ‘फलोअप’का लागि गएका पौडेलको छातीमा जमेको पानी निकालेर परीक्षण गर्दा संक्रमण भएको पाइएको थियो।

    मंगलबार फेरि असहज भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो। उनी अहिले अस्पतालमै छन्। उनको स्वास्थ्य सामान्य रहेको निजी सचिव अधिकारीले बताए। अस्पतालका चिकित्सककै सल्लाहमै राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लैजान लागिएको उनको सचिवालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.