राष्ट्रपति पौडेलको त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण
न्युजभित्तो/५ बैशाख २०८०, मंगलवार ११:०१
काठमाण्डौं,५ वैशाख। राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका छन्। राष्ट्रपतिले शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डा दिनेश काफ्लेले जानकारी दिए।
उनका अनुसार डा. निरज बमसहितको चिकित्सकको टोलीले राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरेको थियो। उनले भने, ‘राष्ट्रपतिको नियमित स्वास्थ्य परीक्षण गरियो। विभिन्न परीक्षण भएको छ।’
त्यसैगरी राष्ट्रपति पौडेलले शिक्षण अस्पताल परिसरको बिपी कोइराला लायन्स आँखा अध्ययन केन्द्रमा आँखा जाँच पनि गराएका छन्। प्राडा सगुन जोशीले राष्ट्रपतिको आँखा परीक्षण गरेका थिए।