सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

केन्द्रीय नेताहरुसहित मत माग्दै जनताको घरदैलोमा जीतनारायण श्रेष्ठ


  •    न्युजभित्तो/३ बैशाख २०८०, आईतवार १८:३५ 
  • चितवन, ३ वैशाख । चितवन क्षेत्र नम्बर २ का गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठ केन्द्रीय नेताहरु सहित मत माग्दै जनताको घरदैलोमा पुग्नु भएको छ । आज (आईतबार) भरतपुर महानगरपालिका वडा नम्बर १२ मा उहाँले घरदैलो कार्यक्रम गर्नुभएको हो ।

    नेपाली काँग्रेसका नेता उदयशम्शेर राणा, नैनसिंह महर सहित तरुणदलका केन्द्रीय अध्यक्ष विद्धन गुरुङ जनताको घर दैलोमा गठबन्धनका पक्षमा मत माग्दै पुग्नु भएको हो । उहाँहरुले उपनिर्वाचनमा कांग्रेसका युवा उम्मेदवार श्रेष्ठलाई मतदान गर्न आग्रह गर्नुभयो । चितवन जिल्ला सचेत नागरिकको जिल्ला रहेको भन्दै उहाँहरुले कसैको बहकाउमा नलाग्न जनतालाई आग्रह गर्नुभयो । उपनिर्वाचन कसको कारणले हुँदैछ भन्ने बुझेर बिबेक प्रयोग गर्न उहाँहरुले अनुरोध गर्नुभयो ।

    घरदैलोका क्रममा नेपाली काँग्रेसका नेता उदयशम्शेर राणाले चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनले सबैको ध्यान केन्द्रित गरेको बताउँदै प्रधानमन्त्री र काँग्रेसका केन्द्रीय सभापतिको अस्तित्वसँग जोडिएकाले गठवन्धनका उम्मेदवारलाई हार्न छुट नरहेको बताउनुभयो । गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन तरुण युवाहरु चनाखो भएर लाग्न समेत उहाँले आग्रह गर्नुभयो । केही उम्मेदवारहरु सत्ता र पद लोलुपतामा लागेको बताउँदै उहाँले संघीयता, लोकतन्त्र, गणतन्त्रका बिरोधी शक्तिहरुलाई परास्थ गर्नुपर्ने बताउनुभयो ।

    काँग्रेस नेता नैतसिंह महरले जनताले अशलियत बुझेर मतदान गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “फेरी अहिलेको परिस्थिती नदोहोरियोस् भनेर हामी तपाईहरुको माझमा आएका छौ ।” जनताले देशको विकास कसले ग¥यो भन्ने बिषयमा सोच्नुपर्ने समय आएको उहाँको भनाई थियो ।

    तरुणदलका केन्द्रीय अध्यक्ष बिद्धन गुरुङ्ले सामाजिक सञ्जालमा काँग्रेसका उम्मेदवार र उनका समर्थक प्रति भइरहेको नकारात्मक टिक्का टिप्पणी सह्य नहुने बताउनुभयो । उहाँले भन्नुभयो “हामी चुप लागेका छांै भनेर जे मन लायो त्यही बोल्न छुट कसैलाई छैन । हामी प्रतिवाद गर्न तयार छौ ।” जनताको हितमा काम गर्नका लागि काँग्रेसका उम्मेदवारको पक्षमा लाग्न उहाँले तरुणहरुलाई निर्देशन समेत दिनुभयो ।

    घरदैलोका क्रममा बिभिन्न स्थानहरुमा कोण सभा समेत भएका थिए । ती कोण सभाहरुमा नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल, गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका जीतनारायण श्रेष्ठ लगायतले सम्बोधन गर्नुभएको थियो । यस निर्वाचन क्षेत्रमा रहेका हरेक पालिकाहरुमा अहिले काँग्रेसका बिभिन्न तह र तप्काबाट घरदैलो कार्यक्रम भईरहेका छन् ।

    सोमबार (भोली) भरतपुर महानगरपालिका वडा नम्बर ११ को घरदैलो तथा कोणसभा कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कालिका नगरपालिकामा समेत महामन्त्री थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    उपनिर्वाचनमा चितवन कांग्रेस एकठिक्का भएर चुनावी अभियानमा जुटेको छ । यस अघिका निर्वाचनमा पार्टीमा विद्रोह गरेका नेता कार्यकर्ता सबै पार्टीमा फर्किएर चुनावी अभियानमा हुनुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.