सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लामिछाने भने: पैसाको कारोबार भएको छैन, डिल गरेको अडियो आएको हो


  •    न्युजभित्तो/३० चैत्र २०७९, बिहीबार १२:१३ 
  • काठमाडौं,३० चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँबीच पैसाको लेनदेन नभएको बताएका छन्। बिहीबार तनहुँको आबुखैरेनीमा आयोजित चुनावी कोण सभामा सम्बोधन गर्दै लामिछानेले ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँबीच पैसाको लेनदेन नभएको बताएका हुन् ।

    ‘पैसाको कारोबार भएको छैन। तर हाम्रा सांसदले कुनै अमूक व्यक्तिसँग मन्त्री बन्नका लागि पैसाको डिल गरेको अडियो सार्वजनिक भएको हो,’ लामिछानेले भने। उनले सार्वजनिक पद हासिल गरेको व्यक्तिले कुनै पदका लागि पैसा माग्नु नैतिकतासँग सम्बन्धित विषय भएकाले पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरिएको बताए।

    ‘त्यही आधारमा हामीले ऐतिहासिक निर्णय गरेका छौं। व्यक्तिलाई हेरेर निर्णय गरेका होइनौं, पद्धतीलाई हेरेर निर्णय गरेका हौं,’ लामिछानेले भने।

    लामिछानेले पार्टीमा रहेका सबैलाई राम्ररी चिन्न नसकिएको दोहोर्‍याए।

    ‘एक अर्काका बारेमा थाहा हुँदैन, जब थाहा हुन्छ, त्यतिखेर राजनीतिक दलले सही र लोकतान्त्रिक कदम लियो कि लिएनरु भ्रष्टाचारलाई शून्य सहनशीलताको रुपमा लियो कि लिएनरु गलत कुरालाई बचायो कि निकाल्यो भन्ने कुराले राजनीतिक दलको भविष्य निर्धारण गर्यो,’ उनले भने।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.