सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

घण्टीलाई नमस्कार गर्नुस्, सूर्यमा भोट हाल्नुस्ः एमाले उम्मेदवार न्यौपाने


  •    न्युजभित्तो/२९ चैत्र २०७९, बुधबार १७:०९ 
  • चितवन, २९ चैत । चितवन – २ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेका उम्मेदवार राम न्यौपानेले घण्टीलाई नमस्कार गर्दै सूर्यमा भोट हाल्न आग्रह गर्नुभएको छ। भरतपुर महानगरपालिकाको वडा नम्बर १ मा आज भएको घरदैलोका क्रममा उम्मेदवार न्यौपानेले आफूले सबैको सम्मान गर्ने भन्दै घण्टीलाई नमस्कार गरेर सूर्यमा भोट हाल्न आग्रह गर्नुभएको हो ।

    “हामी उम्मेदवार हो, सबैको सम्मान गर्नुपर्छ” न्यौपानेले भन्नुभयो, “सबैले घरमा घण्टी बजाउनुस् र नमस्कार गर्नुस् तर, वैशाख १० मा सूर्यमा मतदान गर्नुस् ।” रामनगरमा आयोजित घरदैलोपछि सम्बोधन गर्दै न्यौपानेले यसअघि निर्वाचिन सांसदले रामनगरमा एक महिनाभित्रै खानेपानी ल्याउने भनेर बाचा गरेको भए पनि रामनगरका जनता खानेपानीको समस्याबाट पीडित रहेको बताउनुभयो । न्यौपानेले कृष्णभक्त पोखरेलको पालामा खानेपानी योजनाका लागि बजेट परेको भन्दै आफू निर्वाचित भएर गएपछि चाँडो खानेपानी समस्या समाधान गर्नेगरी काम गर्ने बताउनुभयो ।

    आमा बुवालाई पाल्ने पार्टी एमाले भएको भन्दै न्यौपानेले एमालेले गर्ने कामको दूरगामी प्रभाव पर्ने बताउनुभयो । “हामीले जे गर्छौँ यो समाजलाई राम्रो हुने काममात्रै गर्छौँ, हामीले नराम्रो कहिल्यै पनि गर्दैनौँ” न्यौपानेले भन्नुभयो “म तपाईँहरुबीच प्रतिबद्धता व्यक्त गर्न चाहान्छु, म करम्पसनमा कहिल्यै फस्दिनँ, म कुनै लेनदेनमा फस्दिनँ, म कुनै विवादमा फस्दिनँ र जनताको असल प्रतिनिधि बनेर तपाईँहरुको सेवा गर्न चाहान्छु ।” न्यौपोनले जनप्रतिनिधिहरु भनेको सधैँ असल र नैतिकवान हुनुपर्ने भन्दै असल छु कि छैन भनेर आफ्नो आत्मालाई साक्षी राखेर भन्नुपर्ने बताउनुभयो ।

    “म जनताको बीचबाट कसम खाएर भन्छु, हरेक परीक्षा दिन तयार छु, म हरेक सन्दर्भ र सवालमा असल छु” उहाँले भन्नुभयो “म अगतिलो कहिल्यै हुनेछैन, म गतिलो मान्छे बनेर राम्रो मान्छे बनेर असल मान्छे भनेर सदैव न्यायको पक्षमा लड्नेछु ।” न्यौपानेले वडा नम्बर १ मा खानेपानीसहित बाटोघाटोको समस्या रहेको भन्दै समाधानका लागि भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। समाजमा विकृति फैलाउने व्यक्तिहरुलाई सिध्याएर छोड्ने न्यौपानेको भनाइ छ ।

    “समाजमा विकृति फैलाउने, अनैतिक काम गर्ने, भ्रष्टाचार गरेर समाजलाई सिध्याउने सबै रावणहरुलाई, राम हुँ सिध्याएरै छोड्छु” उहाँले भन्नुभयो “मेरो नाम राम हो, राम त्यसै भएको होइन, म कर्मले राम बन्ने तपाईँहरुको बीचमा प्रतिज्ञा गर्छु ।” जनताको समस्याहरुमा एमाले निरन्तर लड्दै आइरहेको उहाँको भनाइ छ । पछिल्लो समय सरकारले वृद्धभत्ता कटौती गर्न खाजेको आफूले सुनेको भन्दै न्यौपानेले वृद्धहरुको सम्मानका लागि प्रदान गरिएको यो भत्ता कसैले काट्न खोजे ज्येष्ठ नागरिकको श्राप लाग्ने बताउनुभयो ।

    वैशाख १० मा हुने उपनिर्वाचनका लागि नेकपा एमाले चितवनले चुनावी घरदैलो कार्यक्रमलाई तीव्ररुपमा अघि बढाइरहेको छ । चुनावी घरदैलोका क्रममा आज भरतपुरको वडा नं १ र २ का विभिन्न स्थानमा कोणसभासमेत गरेको छ । घरदैलोका क्रममा उम्मेदवार न्यौपानेको साथमा एमालेका नेताहरु देवी ज्ञवाली, विजय सुवेदी, कृष्णभक्त पोखरेल, यमबहादुर परियार, पुरुषोत्तम न्यौपाने, नारायणप्रसाद अधिकारीलगायत स्थानीय नेता तथा कार्यकर्ताहरु नेताहरु सहभागी हुनुहुन्थ्यो ।

    यसैबीच नेकपा एमालेले टोलटोलमा एमाले अभियान सञ्चालन गरेको छ । अभियान अन्तर्गत आआफ्नो टोलमा एमालेका उम्मेदवारलाई विजयी गराउन आव्हान गर्दै घरदैलो कार्यक्रमहरु सञ्चालन भईरहेका छन् । उम्मेदवार पुग्न नसकेका ठाउँहरुमा समेत वडास्तरबाट टोली बनाई मत माग्ने काम भईरहेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.