सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूर्वराजा वा एमालेलाई दोष दिएर पन्छिन पाइन्नः गगन थापा


  •    न्युजभित्तो/२८ चैत्र २०७९, मंगलवार १७:०३ 
  • काठमाण्डौं,२८ चैत । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले परिणाममुखी काम गर्न सरकारलाई सुझाव दिएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै महामन्त्री थापाले परिणाममुखी काम गर्न सरकारलाई सुझाव दिएका हुन् ।

    संघ, प्रदेश र स्थानीय सरकार ५ वर्ष चलाउने जिम्मा लिएको कांग्रेससहितको सरकारले अब अरु कसैलाई दोष दिएर उम्कने ठाउँ नभएको पनि उनले दोहोर्याए । उनले एमालेलाई दोष दिएर वा पूर्व राजालाई दोष लिएर सरकार उम्कन नमिल्ने तर्क गरे ।

    उनले ५ वर्षपछि नेपाली कांग्रेसले जनताको माझमा जाँदा यो–यो काम गरेँ भनेर जान सक्ने अवस्था बनाउनुपर्ने बताए ।

    ‘पाँच वर्षको अवधि छ । मैले भनिरहेको छु-म नेपाली काँग्रेसको एउटा कार्यकर्ता हुँ । संघमा कांग्रेसका सरकार, प्रदेशमा कांग्रेसको सरकार, ४ सय भन्दा बढि ठाउँमा गठबन्धन सरकार छ । अघि पूर्वप्रधानमन्त्रीले भनेर गईसकेका छन् । त्यो ठीक, बेठीक छौंडौं । तर आजको रियालिटी यही हो कि हामी संघमा छौं, केन्द्रमा छौं । अब कसैलाई दोष दिएर पाईदैन । अव भूतप्रेतलाई भनेर पनि पाईन्न । भूतपूर्व राजालाई भनेर पनि पाईन्न’, महामन्त्री थापाले भने, ‘अब नेकपा एमालेले गरेन, अरुले गरेन भन्न पनि पाईन्न । गर्ने जिम्मा लिएर आएपछि अव हामीले गर्नुपर्छ । अवको पाँच वर्ष पछि शिक्षक संघकै अधिवेशनमा आएर नेपाली काँग्रेसको तर्फबाट बोल्दै गर्दाखेरी यो भयो, यो भयो भनेर बोल्न पाएको पो उपलब्धि भो त । जिम्मा हामीले लिने । संघको सरकार हामीले चलाउने । ५ वर्ष देशको सरकार कसले चलाउने रु कांग्रेसले चलाउने । प्रदेश र स्थानीय सरकार हामीले चलाउने । अव कसैलाई दोष पन्छाएर पाईन्न । परिणाम दिनु पर्छ, रिजल्ट चाहिन्छ । त्यो रिजल्ट दिने कुरामा हामी काम गर्छौ ।’

    महामन्त्री थापाले शिक्षकहरुको तलव, भत्ता बढाउन पनि सरकारसँग माग गरे । शिक्षकहरुलाई खुशी नबनाई मुलुकको शैक्षिक क्षेत्रको विकास नहुने भएकाले सरकारले उनीहरुको आवश्यकता पूर्ति हुने गरी सेवा सुविधा उपलब्ध गराउन ढिलाई गर्न नहुने उनको भनाई थियो ।

    महामन्त्री थापाले संघीय शिक्षा ऐन ४ महिना भित्र संसदबाट पारित गर्नुपर्ने भन्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि शिक्षकहरुलाई आग्रह गरे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.