सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा ७९ अघिको चुनावमा अनुशासनको कारबाहीमा परेका नेताहरूलाई कांग्रेसकोआममाफी


  •    न्युजभित्तो/१९ चैत्र २०७९, आईतवार १३:२९ 
  • चितवन,१९ चैत । नेपाली कांग्रेसले चितवन, बारा र तनहुँमा ७९ अघिको चुनावमा अनुशासनको कारबाहीमा परेका नेताहरूलाई आममाफी दिएको छ ।

    सानेपामा बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले वैशाख १० को उपचुनावलाई ध्यान दिँदै बागी, विद्रोही उठेका, प्रस्तावक, समर्थक बसेका नेताहरूको कारबाही फुकुवा गर्ने निर्णय गरेको नेता बद्री पाण्डेले जानकारी दिए ।

    ‘७९ को निर्वाचनभन्दा पहिले स्वतन्त्र उम्मेदवार भएका, पार्टीको अनुशासन उल्लंघन गरेका नेताहरूको हकमा त्यो पनि बारा, चितवन र तनहुँको हकमा पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुनेगरी कारबाही फुकुवा गर्ने निर्णय भएको छ’, उनले भने, ‘७९ को निर्वाचनको बेलाको हकमा यो उपचुनावमा उहाँहरूले गर्ने कामलाई हेरेर आवश्यक निर्णय गर्ने गरी अनुशासन समितिलाई सक्रिय पार्ने निर्णय भएको छ ।’

    ७९ को चुनावमा भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालविरुद्ध जगन्नाथ पौडेल बागी उठेका थिए । गत मंसिर ४ मा प्रचण्डविरुद्ध बागी उठेका केन्द्रीय सदस्य jagलालाई भने एमालेले साथ दिएको थियो । यहाँ कृष्णप्रसाद सापकोटा पनि कारबाहीमा परेका छन् ।

    त्यस्तै बारामा अरुण ज्ञवालीले बागी उठेर ८ हजारभन्दा बढी मत ल्याएका थिए । कार्यसम्पादन समितिको बैठकले बारा २ मा उपेन्द्र यादवलाई गठबन्धनको साझा उम्मेदवार स्वीकार गर्ने निर्णय गरेको छ ।

    सरकारमा पठाउन बाँकी ४ जना मन्त्रीको विषयमा भने बैठकमा छलफल नभएको जानकारी दिइयो । कारबाही फुकुवा हुनेमा तनहुँका गोविन्दराज जोशी, कारबाही पनि फुकुवा भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.