सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन २ : उपनिर्वाचनको लागि उमेदवारहरु चुनावी प्रचारमा लागे


  •    न्युजभित्तो/१९ चैत्र २०७९, आईतवार १०:५० 
  • चितवन,१९ चैत । चितवन क्षेत्र नं २ मा बैशाख १० गते हुन लागेको उपनिर्वाचनको लागि उमेदवारहरु चुनावी प्रचारमा लागेका छन् । निर्वाचन आयोगले उपनिर्वाचनको लागि चैत २० गते मनोनयन दर्ताको समय तोकेको छ ।

    चितवन २ मा प्रतिनिधि सभा सदस्यको लागि रिक्त पदमा उमेदवारी दिन लागेका नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चुनावी प्रचारमा जुटेका छन् ।

    जीतनारायण श्रेष्ठले चुनाव लक्षित विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न थालेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र चुनाव चिह्न घण्टीप्रति आक्रामक अभिव्यक्ति दिन थालेका छन् । रवि र घण्टी विरुद्ध बोल्दा आफुमाथि सामाजिक सञ्जालमा गाली गलौज हुन थालेको उनको गुनासो छ ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन कार्यक्रममा पुगेका श्रेष्ठले ‘कसैको बारेमा बोल्दा हार्दिक श्रद्धाञ्जली लेख्ने कुरामा प्रशासन गम्भिर हुनुपर्ने’ बताए । त्यस्तै उनले घण्टीप्रति लक्षित गर्दै चुनावी प्रचारमा चुनाव चिह्न बोकेर हिँड्ने कार्यको विरोध गरे ।

    शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरेका रवि लामिछाने आज चितवन आउँदै छन् । स्थलमार्ग हुँदै चितवन आउन लागेका रवि इच्छाकामनाको चुम्लिङटार, कुरिनटार, लेवाटार, केबुलकार, मुग्लिङका विभिन्न कार्यक्रममा सहभागी हुने रविका स्वकिय प्रकाश सिग्देलले जानकारी दिए ।

    एमालेबाट उमेदवार बन्न लागेका रामप्रसाद न्यौपाने सार्वजनिक कार्यक्रममा खासै देखिएका छैनन् । मिसन ग्रासरुट अभियान अन्तर्गत शनिबार आयोजित प्रशिक्षण तथा वनभोग कार्यक्रममा सहभागी भएका न्यौपानेले चितवन २ मा गल्ति सच्याउने मौका मिलेको बताए । रविले नेपालको कानुनलाई हेप्दा चितवन २ का जनताले दुःख पाएको उनले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.