एमालेको नेतृत्वबिना देशले स्थायित्व प्राप्त गर्न सक्दैन: पौडेल
न्युजभित्तो/१७ चैत्र २०७९, शुक्रबार १२:१३
धनगढी,१७ चैत । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडलले एमालेको नेतृत्वबिना देशले स्थायित्व प्राप्त गर्न नसक्ने बताएका छन्। शुक्रबार धनगढीमा भएको पत्रकार सम्मलेनमा बोल्दै उनले एमालेको नेतृत्वबिना देशले स्थायित्व प्राप्त गर्न नसक्ने बताएका हुन् । उनले भने, ‘एमालेको नेतृत्वबिना देशले स्थायित्व प्राप्त गर्न सक्दैन, हामी हाम्रो देशलाई गतिशिल बनाउन सक्दैनौं।’ उनले अब एमालेले एकल बहुमत ल्याउने गरी संगठन बिस्तारलगायत काम गर्नुपर्ने बताए।
‘सरकार जसरी अगाडि बढ्दैछ, यसले स्थायित्व दिँदैन,’ उनले भने। उनले मिसन ग्रासरुट अभियानपछि अर्को निर्वाचनमा एमालेको एकल बहुमतको सरकार बनाउने र स्थायित्व दिने पनि बताए।
सरकारले राष्ट्रिय चासोका बिधेयक संसदमा छलफल र पास गर्ने बिषयमा प्रतिपक्षसँग कुराकानीसमेत नगरेको उनको भनाइ थियो।
धनगढी,१७ चैत । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडलले एमालेको नेतृत्वबिना देशले स्थायित्व प्राप्त गर्न नसक्ने बताएका छन्। शुक्रबार धनगढीमा भएको पत्रकार सम्मलेनमा बोल्दै उनले एमालेको नेतृत्वबिना देशले स्थायित्व प्राप्त गर्न नसक्ने बताएका हुन् ।
उनले भने, ‘एमालेको नेतृत्वबिना देशले स्थायित्व प्राप्त गर्न सक्दैन, हामी हाम्रो देशलाई गतिशिल बनाउन सक्दैनौं।’ उनले अब एमालेले एकल बहुमत ल्याउने गरी संगठन बिस्तारलगायत काम गर्नुपर्ने बताए।