सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन–२ को अन्तिम मतदाता नामावली सार्वजनिक


  •    न्युजभित्तो/१७ चैत्र २०७९, शुक्रबार ११:०३ 
  • चितवन,१७ चैत । निर्वाचन आयोगले आगामी बैशाख १० गते उपनिर्वाचन हुने चितवन–२ सहित तीन वटै निर्वाचन क्षेत्रको बिहीवार अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगका अनुसार चितवन–२ मा १ लाख २४ हजार ६९५, बारा–२ मा १ लाख ५ हजार २४८ र तनहुँ–१ मा १ लाख २३ हजार ३०५ मतदाता कायम भएका छन् ।

    मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनपछि चितवन–२ मा ४७०, बारा–२ मा २३७ र तनहुँ–१ मा १८५ जना मतदाता थपिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।

    उपनिर्वाचन हुने तीन जिल्लाका लागि १९४ मतदान स्थल र ४२७ मतदान केन्द्र कायम भएको छ । सो अनुसार चितवन–२ मा ४३ वटा मतदानस्थलमा १३८ मतदान केन्द्र, बारा–२ मा ८२ मतदानस्थलमा १३७ मतदान केन्द्र र तनहुँ–१ मा ६९ मतदानस्थलमा १५२ मतदान केन्द्र रहने उनले बताए ।

    आयोगको निर्णयअनुसार चितवनमा फागुन १ गतेदेखि तथा बारा र तनहुँमा चैत ६ देखि अनलाइन प्रणालीमा आधारित मतदाता नामावली दर्ता र बाहिरी जिल्ला दर्ता स्थगन गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.