स्वास्थ्य मन्त्रालयले पाँच स्टाफ नर्सलाई सेवाबाट हटायो
न्युजभित्तो/३० फाल्गुन २०७९, मंगलवार ११:१२
काठमाडौं,३० फाल्गुन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच स्टाफ नर्सलाई सेवाबाट हटाएको छ। मन्त्रालय अन्तर्गतको कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालमा कार्यरत स्टाफ नर्सहरूलाई सेवाबाट हटाइएको हो।
मन्त्रालयले मंगलबार सार्वजनिक सूचना प्रकाशन गरी बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेका पाँचौं तहका स्टाफ नर्स सम्झना श्रेष्ठ, सुशीला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुनलाई सेवाबाट हटाएको जनाएको छ।
सूचना निकालेर बाटोको म्यादबाहेक ३० दिनभित्र अस्पतालमा हाजिर हुन आउन भनिए पनि नआएपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको नियमावली १३३ को (घ) बमोजिम हटाएको सूचनामा उल्लेख छ।