सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाउद्वार तातोपानी कुण्ड प्राकृतिक उपचार स्थल बन्दै


  •    न्युजभित्तो/१८ माघ २०७९, बुधबार १२:१५ 
  • म्याग्दी,१८ माघ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ पाउद्वारस्थित कालीगण्डकी नदी किनारमा रहेको तातोपानी कुण्ड प्राकृतिक उपचार स्थलका रुपमा विकास हुन थालेको छ । कुण्डमा स्नान गरेपछि रोग निको हुने विश्वास बढेका कारण पछिल्लो समय स्नान गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको हो । 

    अन्नपूर्ण गाउँपालिकाले तातोपानी कुण्डलाई प्राकृतिक उपचार स्थलका रुपमा विकास गर्ने उद्देश्यले केही वर्ष पहिला पूर्वाधार निर्माण गरेर व्यवस्थित बनाएपछि स्नान गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको कुण्डका व्यवस्थापक कुमार तिलिजाले बताउनुभयो ।  

    विरामीले शरीर डुबाएर स्नान गर्न मिल्ने गरी तीनवटा पोखरी निर्माण गरिएको छ । पिउने पानीका लागि धाराहरु र शौचालयको निर्माण गरिएको छ । स्नान गर्ने पोखरीमा ट्रस राखिएको छ ।

    कुण्डमा स्नान गर्न म्याग्दीका साथै मुस्ताङ, पर्वत, बागलुङ, पोखरा र काठमाण्डौलगायतका जिल्लाबाट आउने गरेको कुण्ड व्यवस्थापक तिलिजाले बताउनुभयो । दैनिक रुपमा एक सयजनासम्म विरामीहरु आउने गरेको उहाँले बताउनुभयो । 

    चोटपटक लागेको, सर्केमर्केको, ग्यास्ट्रिक, चिसोका कारण लागेको रोग, गानोगोलालगायत समस्या भएका विरामीको उपचारका लागि कुण्डमा स्नान गर्न आउने र एकहप्तामा निको भएर फर्किने गरेका छन् ।

    निको हुने विश्वासका साथ एकहप्ता अघि कुण्डमा स्नानका लागि आउनुभएका पर्वतको जलजला गाउँपालिका ५ का रनबहादुर तिलिजाले भन्नुभयो ‘‘मलाई ग्यास्ट्रिक र ढाड सर्किएको थियो एकहप्ता ढुबेपछि निको हुनथालेको छ ।’’ 

    ‘‘ग्यास्ट्रिक थियो र हड्डीको जोर्नीहरु दुख्ने, पुरानो घाउहरु बल्झिएर दुखेकाले कुण्डमा स्नान गर्न आएको हुँ । अहिले केही निको भएको छ,’’ अन्नपूर्ण गाउँपालिका ३ का पूर्व वडाध्यक्ष नरसिंह पुर्जाले भन्नुभयो,‘‘ यहाँको पानी अन्य तातोपानी कुण्डको भन्दा फरक छ । पानी नुन खाएजस्तै छ । पानी कडा तातो छ । एकहप्ता डुब्ने हो भने अधिकांश रोग निको हुन्छ ।’’ 

    गाउँपालिकाले टहरा र पोखरी बनाइदिएपछि जुनसुकै समयमा पनि स्नान गर्न सहज भएको पुर्जाले बताउनुभयो । आकासबाट पानी पर्दा र गर्मीका समयमा पनि सहज तरिकाले पोखरीमा शरीर डुबाएर स्नान गर्न मिल्ने भएको छ । यहाँको पानीको तापक्रम ६८ डिग्री सेस्सियस छ । मुस्ताङ भ्रमण गरेर फर्किएका पर्यटक पनि कुण्डमा स्नान गर्न पुग्ने गर्दछन् । 

    गाउँपालिकालाई एकवर्षको १२ लाख रुपियाँ बुझाउने गरी कुण्ड व्यवस्थापकको जिम्मा लिएको उहाँले बताउनुभयो । कुण्डमा दिनभर डुबेको ५० रुपियाँ तोकिएको उहाँले बताउनुभयो । 


    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.