सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मतदाताको शिर उच्च हुनेगरी काम गर्छुः मन्त्री विक्रम पाण्डे


  •    न्युजभित्तो/१२ माघ २०७९, बिहीबार १४:५० 
  • भरतपुर, १२ माघ । सहरी विकासमन्त्री विक्रम पाण्डेले मतदाताको शिर उच्च हुनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बुधबार भरतपुर २३ स्थित सरस्वती माध्यामिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन गर्दै मन्त्री पाण्डेले जनमतको कदर हुनेगरी काम गर्ने बताउनुभएको हो । “निर्वाचनमा जनतासँग गरेका बाचा पूरा हुन्छन्”, उहाँले भन्नुभयो, “तपाईंहरुले अनुभूति गर्नेगरी काम गर्छु ।” उहाँले यसअघि मन्त्री हुँदा पनि जनताका पक्षमा थुप्रै काम गरेको भन्दै यसपटक सहरी विकास मन्त्रालयमा फरक ढङ्गले काम हुने बताउनुभयो ।

    पार्टी र पार्टीका अध्यक्षले काम गर्नसक्ने विश्वासका साथ सहरी मन्त्रालय रोजेर दिएको भन्दै उहाँले ७७ जिल्लामै देखिने गरी काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । उहाँले वर्तमान सरकार निर्माण भएसँगै जनतामा उत्साह जागेको बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.