सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मृत घोषणा गरेको शिशुको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार


  •    न्युजभित्तो/५ माघ २०७९, बिहीबार १४:३८ 
  • काठमाडौँ,५ माघ । कोसी अस्पतालले जीवित शिशुलाई मृत घोषणा गरेको छ । जहदा गाउँपालिका ३ का १८ दिने नवजात शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि कोसी अस्पताल लगिएको थियो । त्यस्तै इमर्जेन्सीमा उपचारका गरिएको उक्त शिशुको धड्कन बन्द भएको भन्दै मेडिकल अफिसर डाक्टर आकाश यादवले मृत घोषणा गरेका हुन्। तर, चिकित्सकले बच्चाको मृत्यु घोषणा गरेसँगै अस्पतालमा तनावग्रस्त भएको थियो ।

    मृत्यु घोषणा गरेको उक्च शिशुलाई उनको आफन्तले आकस्मिक कक्षबाट बाहिर पछि पनि चलमलाएका थिए। अहिले ती शिशुलाई विराटनगरस्थित गोल्डेन अस्पतालको एनआइसियूमा राखेर उपचार भइरहेको छ। त्यस्तै डा. आकाश यादवले शिशुको उपचारमा संवेदनशीलतापूर्वक उपचार नगरी मृत घोषणा गरिएको भन्दै ती शिशुका बुवा दिलीप मुखिया र आमा उमा मुखियाले आरोप लगाएका हुन्। उक्त घटना पछि अनुसन्धान गरेर सात दिनभित्र प्रतिवेदन बुझाउने गरी आज (बिहीबार) तीन सदस्य छानबिन समिति गठन गरिएको हो। छानबिन समितिमा बाल रोग विशेषज्ञ डा. प्रवीण झा, डा. सूर्यकान्त चौधरी र एकजना प्रशासनका कर्मचारी रामप्रसाद नेपाल रहने छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.