सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जाडो बढेसँगै चितवनमा इन्फ्लुएन्जाको जोखिम बढ्यो


  •    न्युजभित्तो/५ पुष २०७९, मंगलवार ११:२६ 
  • चितवन,५ पुस ।  चितवनमा जाडो बढेसँगै इन्फ्लुएन्जा (फ्लु)संक्रमण जोखिम बढेको छ । चितवनका मुख्य अस्पतालहरुमा इन्फ्लुएन्जाका बिरामीहरु देखिन थालेसँगै यसको जोखिम बढेको हो । भरतपुर अस्पतालका बरिष्ठ फिजिसिएन डा प्रमोद पौडेलले चितवनमा जाडोको मौसम सुरु भएसँगै इन्फ्लुएन्जाको बिरामीहरु फाट्टफुट्ट देखिन थालेको नारायणी अनलाइनलाई जानकारी दिए । उनले चितवनमा यसको जोखिम रहेको भन्दै जाडोमा सक्रिय हुने इन्फलुएन्जा भाइरस बच्चादेखि युवा र वृद्धवृद्धामा संक्रमण हुने बताए ।

    डा पौडेलका अनुसार दीर्घरोगी, गर्भवती, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई इन्फ्लुएन्जाको संक्रमण बढी हुने गर्छ ।
    रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई सङ्क्रमणको जोखिम बढी हुने गरेकोले पोसिलो र तालो खानेकुरा खानुपर्ने चिकित्सकहरुले बताउँदै आएका छन् । दिर्घरोगी बिरामीलाई इन्फ्लुएन्जाले फोक्सोमा असर गरेर निमोनिया जस्ता समस्या पनि आउन सक्छन । यस्ता बिरामीलाई सघन उपचार कक्ष (आइसियू)मा राखेर उपचार गर्नुपर्छ ।

    नेपालमा इन्फ्लुएन्जा ‘ए’ पुष्टि भइसकेको छ । कात्तिकदेखि फागुनसम्म इन्फ्लुएन्जा भाइरसको सङ्क्रमण हुने भएकाले सतर्कता अपनाउनुपर्ने देखिन्छ । डा पौडेलले इन्फ्लुएन्जा संक्रमणका बिरामीमा ज्वरो आउनु, खोकी लाग्नु र घाँटी दुख्नु, टाउको दुख्नु, नाक बन्द हुनु वा सिगान बग्नु, जिउ र मांसपेशी दुख्नु, थकान महसुस जस्ता लक्षण देखा पर्ने बताए । इन्फ्लुएन्जा भएका सबैलाई ज्वरो नआउन पनि सक्छ।

    चिकित्सकहरुको अनुसार यसबाट बच्न बिरामी भएकमा व्यक्तिसँग भौतिक दूरी राख्ने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने, सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने, शारीरिक रूपमा सक्रिय हुने र प्रशस्त्र तरल पदार्थ र पौष्टिक खाना खाने, बेलाबेलामा साबुनपानीले हात हुने र आफ्नो आँखा, नाक वा मुख नछुने गर्नुपर्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल
    नेपालगञ्ज–दिल्ली उडानका लागि प्रयास गर्न आग्रह
    राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा चितवनका नेताहरूको वर्चस्व: शीर्ष पदमा तीन सांसद निर्वाचित
    • प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग
    • रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    • रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    • विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.