सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्वास्थ्यमा सर्वव्यापी पहुँच पुर्याउन मन्त्रालय मार्गचित्रको तयारीमा


  •    न्युजभित्तो/२६ मंसिर २०७९, सोमबार १६:३५ 
  • काठमाडौँ, २६ मंसिर। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यमा सर्वव्यापी पहुँच पुर्याउनका लागि मार्गचित्र तयार पारिरहेको छ ।

    स्वास्थ्य सेवा विभागले ‘स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस’का अवसरमा यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्रालयका सचिव देवकुमारी गुरागाइँले स्वास्थ्य क्षेत्रमा रहेको असमानतालाई हटाई सबै नागरिकमा स्वास्थ्य सेवा पुर्याउनका लागि मार्गचित्र तयार पारिरहेको जानकारी दिइन् ।

    उनले स्वास्थ्यमा सबैको पहुँच पुर्याउनका लागि गहन, सहज र पारदर्शीरुपले स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन् । उनले स्वास्थ्य सेवा नपुगेका दूरदराज ठाउँका सर्वसाधारणलाई सेवाको पहुँच पुर्याउन सरकार लागिपरेको बताइन् ।

    उनले संविधानले व्यवस्था गरेको आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउनेतर्फ सरकार केन्द्रित भएको बताइन् । कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले पहल गरेको बताए ।

    उनले संविधान, राष्ट्रिय स्वास्थ्य नीति २०७६, स्वास्थ्य क्षेत्र रणनीतिअनुसार नागरिकको आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने, आकस्मिक उपचार सेवा उपलब्ध हुने र गुणस्तरीय उपचार सेवा पाउने मौलिक हकलाई सुनिश्चित गर्न वार्षिक कार्यक्रम सञ्चालन गरेको बताए ।

    उनले बहुपक्षीय सहकार्यमार्फत् पनि आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने, स्वास्थ्य सेवा प्रदायकको कार्यसम्पादन प्रभावकारी बनाउने, स्वास्थ्य संस्थाको समयानुकूल क्षमता अभिवृद्धि गर्ने, विशेषज्ञ एवं विशिष्टिकृत सेवा विकास तथा विस्तार गर्ने, नागरिकको आवश्यकता र क्षमतालाई आधार मानी स्वास्थ्य बीमा कार्यक्रम परिमार्जन गर्ने बताए ।

    स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले सबैलाई स्वास्थ्य सेवाको पहुँच पुर्याउनका लागि स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गरिने बताए । उनले अझै पनि स्वास्थ्य बीमा कार्यक्रमभन्दा बाहिर रहेका सर्वसाधारणलाई बीमा कार्यक्रममा समेटी स्वास्थ्य सेवालाई निःशुल्क बनाइने बताए । उनका अनुसार अहिले ६१ लाख ७८ हजार एक सय ४० जना स्वास्थ्य बीमामा आबद्ध छन् ।

    विभागको उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. अनुप बाँस्तोलाले सबैमा स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले आधारभूत स्वास्थ्य सेवा केन्द्र, आधारभूत अस्पताल, सातवटै प्रदेशमा विशेषज्ञ सेवा प्रदान गर्ने आधुनिक अस्पताल र बीमा कार्यक्रम र विपन्न नागरिकका लागि जटिल प्रकारका नसर्ने रोगको उपचार कार्यक्रम विशेषज्ञ एवं विशिष्टिकृत सेवाको विकास र विस्तार गर्दै आएको जानकारी दिए ।

    उनले सेवा नपुगेका दूरदराजमा टेलिमेडिसिनजस्ता प्रविधिमार्फत् स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रम पनि सञ्चालन गरेको बताए । आज देशभर ‘हामीले चाहेको विश्वको आवश्यकता, सवैका लागि स्वस्थ भविष्यको सुनिश्चितता’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.