सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सार्वजनिक बिदाका दिन स्वास्थ्यसेवा यथावत् हुने


  •    /१२ आश्विन २०७६, आईतवार २१:३४ 
  • काठमाडौँ । नेपालीको महानपर्व दशैँ, तिहारमा स्वास्थ्यसेवा विगत वर्षमा जस्तै निरन्तरता हुने भएको छ । यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दशैँ र तिहारका सार्वजनिक बिदाका समयमा पनि स्वास्थ्यसेवा सूचारु राख्ने व्यवस्था मिलाउन स्थानीय निकायलाई अनुरोध गरेको छ ।

    मन्त्रालयका शाखा अधिकृत जगतप्रसाद भुषालद्वारा आज जारी विज्ञप्तिमा स्थानीय निकायका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई स्वास्थ्यसेवा सूचारु राख्न ११ बुँदे आग्रह जारी गरिएको छ ।

    यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्र श्रेष्ठले स्वास्थ्यसेवा सूचारु राख्न अनुरोध गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्नुभएको थियो । संविधानको प्रावधानअनुसार स्थानीय तहका स्वास्थ्य संस्थाको सञ्चालन स्थानीय निकायले गर्दछन् ।

    सो आग्रहमा अस्पताल विपद् व्यवस्थापन समितिलाई पूर्व तयारी अवस्थामा रहने व्यवस्था मिलाउने, सबैै अस्पताल, अस्पतालका फार्मेसी तथा एम्बुलेन्स २४ सैघण्टा सञ्चालनको व्यवस्था मिलाउने र राजमार्ग वरिपरिका स्वास्थ्य संस्थालाई थप तयारीमा राख्ने व्यवस्था मिलाउने रहेका छन् ।

    दशैमा सेवा प्रभावित नहुनेगरी स्वास्थ्यकर्मीको बिदाको व्यवस्थापन गर्ने, हाल भइरहेको डेङगु महामारीका रोकथाम तथा उपचार सेवा प्रभावित हुन नदिन विशेष व्यवस्था गर्ने, सम्भावित महामारी तथा अन्य स्वास्थ्य जोखिम व्यवस्थापन गर्न तयारी रहने, रक्तसञ्चार अभाव हुन नदिन ध्यान दिने र सेवामा रहेका स्वास्थ्यकर्मीका सम्पर्क नम्बर आकस्मिक कक्षमा राखिने छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.