सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गैँडाकोटका सबै विद्यालयमा एउटै पोशाक हुने


  •    /१२ आश्विन २०७६, आईतवार १३:४८ 
  • गैंडाकोट । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जिल्लाको गैँडाकोट नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयको पोशाकमा एकरुपता ल्याउने भएको छ । गैँडाकोट नगर शिक्षा समितिको बैठकले शैक्षिकसत्र २०७७ देखि नगरपालिकाभित्रका सबै विद्यालयमा विद्यार्थीको पोशाकमा एकरुपता ल्याउने निर्णय गरेको हो ।

    गैँडाकोट नगरपालिकाको नगर शिक्षा समितिले नगरका १८ वटै वडामा रहेका सामुदायिक र संस्थागत विद्यालयमा एकै प्रकारको पोशाक हुनुपर्ने भन्दै सबै विद्यालयलाई परिपत्र गरेको छ । हामी सबै समान छौँ भन्ने भावनाको विकास गराउन विद्यालय पोशाकमा एकरुपता ल्याउन लागिएको गैँडाकोट नगर उपप्रमुख विष्णुकुमारी कँडेलले बताउनुभयो ।

    सबै विद्यालयको पाठ्यक्रम एउटै भएपछि पोशाकसमेत एउटै हुनुपर्छ भन्ने आधारमा विद्यालको पोशाकमा एकरुपता ल्याउन लागिएको नगर शिक्षा शाखा प्रमुख बालकृष्ण चापागाईंले बताउनुभयो । शिक्षा शाखा प्रमुख चापागाईंका अनुसार विद्यार्थीको सर्ट नीलो रङ्गको, पाइन्ट/स्कर्ट/कोट खरानी रङ्गको, रिबन रातो, जुत्ता कालो तथा मोजा नीलो हुनुपर्नेछ । मङ्गलबार र शुक्रबार भने विद्यालयले आफ्नो तरिकाले पोशाक निर्धारण गर्न पाउनेछन् ।

    त्यसैगरी विद्यालयको भवन र सवारीसाधनको रङमा समेत एकरुपता ल्याउनका लागि सबै संस्थागत विद्यालयलाई परिपत्र गरिएको छ । आगामी शैक्षिक सत्र २०७७ बाट विद्यालय भवनको बाहिरी रङ पहेँलो, छानो रातो, झ्याल सेतो वा खैरो, भवनको भित्री कोठा उज्यालो रङको बनाउन संस्थागत र सामुदायिक विद्यालयलाई निर्देशन दिइएको छ ।

    त्यस्तै विद्यालय ओसार्न प्रयोग हुने सवारीसाधनको रङसमेत पहेँलो बनाउन निर्देशन दिइएको चापागाईंले बताउनुभयो । सामुदायिक विद्यालयको रङरोगनका लागि भने गैँडाकोट नगरपालिकाले केही रकम प्रदान गर्ने भएको छ । माध्यमिक तहसम्म सञ्चालन भएको सामुदायिक विद्यालयलाई रु ७५ हजार, आधारभूत तह कक्षा ८ सम्म सञ्चालन भएको विद्यालयलाई रु ५० हजार र आधारभूत तह कक्षा ५ सम्म सञ्चालन भएको विद्यालयलाई रु ३५ हजार उपलब्ध गराइने चापागाईंले बताउनुभयो ।

    विद्यालयको रङ देखेपछि शैक्षिक संस्थाको नजीकमा पुगेको बोध होस् भनेर नगर क्षेत्रका सबै विद्यालयलाई एकै प्रकारको रङ लगाउन निर्देशन दिइएको चापागाईंले बताउनुभयो । गैँडाकोट नगरपालिकामा ३५ सामुदायिक तथा २० वटा संस्थागत विद्यालय रहेको चापागाईंले बताउनुभयो । यहाँका विद्यालयमा करीब २० हजार विद्यार्थी अध्ययनरत छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.