सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

“एमालेप्रति माडीका सुकुम्बासीहरुको आशा र भरोसा”


  •    न्युजभित्तो/२७ कार्तिक २०७९, आईतवार ०९:३२ 
  • माडी, २७ कार्तिक । चितवन क्षेत्र ३ प्रदेश (ख) की उम्मेदवार सरस्वती बिष्ट योजनाहरुसहित आफ्नो निर्वाचन क्षेत्रका सुकुम्बासी बस्तीमा पुग्दा मतदाताहरु खुशी र उत्साहित भएका छन् । आफ्नो प्रतिबद्धता पत्रसहित शनिबार माडीका सुकुम्बासी बस्तीहरुमा पुगेकी उम्मेदवार सरस्वती बिष्टसँग मतदाताहरुले भने “नेकपा एमालेको नेतृत्वको सरकारको पालामा नै माडीका सुकुम्वासीहरुलाई व्यवस्थित गर्ने काम अगाडि बढेको हुनाले नेकपा एमालेप्रति नै आशा र भरोसा रहेको छ ।”

    राईडाँडा र परुईका मतदाताहरुले उम्मेदवार सरस्वती बिष्टसँग सुकुम्बासीहरुको हित गर्ने भनेर धेरैले आश्वासन दिए पनि काम नभएको र सुकुम्बासी जनताले धेरै दुःख पाएको विषय प्रस्तुत गरेका थिए । चितवन क्षेत्र ३ प्रदेश ख कि उम्मेदवार सरस्वती बिष्टले विशेष गरी भूमिहीन सुकुम्बासीहरुलाई लालपुर्जा दिलाएर रोजगारको व्यबस्था गर्ने, जनताको सुरक्षाको लागि रिउ र राप्ती नदीमा करिडोर निर्माण, कृषिमा आत्मनिर्भरको व्यवस्था, शिक्षा ,स्वास्थ्यमा स्तरोन्नतिलगायतका विषयहरुलाई सम्बोधन गरी काम गर्नको लागि नै आफ्नो उम्मेदवारी रहेकोले नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी गराउन मतदाताहरुसँग आग्रह गर्नुभयो ।

    नेकपा एमालेकी प्रदेश कमिटी सदस्यसमेत रहनुभएकी उम्मेदवार सरस्वती बिष्ट आफ्ना स्पष्ट योजनासहित माडीका विभिन्न सुकुम्बासी बस्तीहरुमा पुग्दा मतदाताहरुले स्वागत गर्दै विजयको शुभकामना दिएका थिए । २०४३ सालमा जनपक्षीय उम्मेदवारहरुलाई जिताउनको लागि अग्रमोर्चामा रहेर गीत संगीत, नाटकहरु देखाउँदै पञ्चायती व्यवस्थाका विरुद्धमा जनता जगाउने काम गर्नुभएकी बिष्टले निर्वाचनको अभियानमा आफैले गीत गाउँदै मतदाताहरुका पीडाहरु प्रस्तुत गर्नुभएको थियो ।

    प्रतिकूल अवस्थामा पनि परिवर्तनका आन्दोलनहरुमा उल्लेख्य योगदान गर्दै देश र जनताको हितमा समर्पित भएर अगाडि बढिरहने उम्मेदवार आफ्नै घरदैलोमा आउँदा मतदाहरुले सूर्यमा मतदान गरी चितवन क्षेत्र ३ प्रदेश ख कि उम्मेदवार सरस्वती बिष्टलाई जिताउने प्रतिबद्धतासमेत जनाएका थिए ।

    नेपाली महिलाहरुलाई अगाडि बढाउँन नचाहने दुष्ट प्रवृत्तिलाई अन्त्य गरी जनभावना अनुसारनै अगाडि बढ्ने प्रतिवद्धता जनाएकी उम्मेद्वार बिष्टले महिलाहरुको अपमान गरी अगाडि बढाउन नचाहने प्रवृत्तिप्रति सचेत रहनसमेत सबै मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.