सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

“संविधान र लोकतन्त्रमाथि खतरा बढेपछि गठबन्धनले देशका लागि धेरै काम गर्नुछ”: नेता श्रेष्ठ


  •    न्युजभित्तो/१८ कार्तिक २०७९, शुक्रबार १४:५२ 
  • चितवन, कात्तिक १८। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधानको रक्षा, शान्ति सम्झौताका बाँकी काम पूरा गर्न र समृद्ध नेपाल निर्माणका लागि गठबन्धनको मुख्य तीनकाम भएको बताउनुभएको छ ।गोरखा समाज चितवनले आज यहाँ आयोजना गरेको गोरखाको समग्र विकासको योजना तर्जुमा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “संविधान र लोकतन्त्रमाथि खतरा बढेपछि बनेको यो गठबन्धनले देशका लागि धेरै काम गर्नुछ ।” गठबन्धनले निर्वाचन जितेर देशको विकासमा लाग्न आवश्यक रहेको बताउनुभयो ।

    लोकतन्त्र, संविधान र प्राप्त उपलब्धिको रक्षा गर्दै जनताले अनुभूति गर्ने गरी विकास गर्नका लागि गठबन्धनको जित आवश्यकता रहेको उहाँको भनाइ थियो । शान्ति प्रक्रियाका केही अवशेष रहेको भन्दै उहाँले त्यसलाई पूरा गर्नका लागि गठबन्धन आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “द्वन्द्वपीडितका लागि आयोगले गर्नुपर्ने काम अझै बाँकी रहेको छ । त्यसका लागि गठबन्धनले काम अघि बढाउने छ ।”

    जनताको अपेक्षाअनुसार काम हुन नसकेको बताउँदै श्रेष्ठले जनतामा निरासा पैदा हुँदा राष्ट्रियतामाथि खतरा हुने र राज्य असफल हुने बताउनुभयो । संविधान कार्यान्वयनको चरणमा रहेको बताउँदै उहाँले भन्नुभयो, “यो गठबन्धन निश्चित उद्देश्यका साथ बनेको छ । त्यो उद्देश्य पूरा गर्छ ।”

    उहाँले गोरखाको विकासका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उम्मेदवारी इतिहास सावित हुने बताउनुभयो । गोरखा पर्यटकीय, सामाजिक तथा विकासका दृष्टिकोणले सम्भावना बोकेको जिल्ला भएको भन्दै उहाँले यसको विकासका लागि सबै हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट गोरखा प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र बजगाई, प्रदेशसभा सदस्य क्षेत्र नम्बर १ (क) का उम्मेदवार कृष्णप्रसाद धिताल र २ (ख) का उम्मेदवार सुरेन्द्र पाण्डेले गठबन्धन मिलेर विकास सम्भव कसरी हुन्छ भन्ने देखाउने बताउनुभयो । दलहरु प्रति जनताको आस्था गुम्दै गएको समयमा गठबन्धनले नयाँ आयाम थपेको उहाँहरुको भनाइ थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.