सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन ३ मा गठबन्धन : अस्पताल निर्माण र स्तरोन्नतीलाई प्राथमिकता


  •    न्युजभित्तो/१७ कार्तिक २०७९, बिहीबार १०:५८ 
  • चितवन, कात्तिक १७। चितवन क्षेत्र नम्बर ३ अन्तर्गत लोकतान्त्रिक–बाम गठबन्धनले आज २२ पेजको घोषणापत्र सार्वजनिक गरेको छ । भरतपुरमा भएको एक कार्यक्रममा उम्मेदवारको प्रतिबद्धतासहित घोषणापत्र सार्वजनिक भएको हो । सार्वजनिक घोषणापत्रमा चितवनको विकास र समृद्धिलाई सस्थागत गर्ने गरि कार्यक्रम समावेश गरिएको गठबन्धनका नेताहरूले बताएका छन् ।ठोरी–केरूङ्ग राजमार्ग विस्तार सम्पन्न गरिने, मेघौंली विमानस्थलको स्तरउन्नति गरि सञ्चालनमा ल्याईने, भरतपुर र माडीका पुराना बाटो कालोपत्रे गरिने, नारायणी, राप्ती र रेवा नदि कटान क्षेत्रमा तटबन्ध सहितको सडक सञ्जाल र पर्यटकीय क्षेत्रको विकास गरि एकमा तिन विकास निति लिईने, भरतपुरमा बाह्य चक्रपथ निर्माण सम्पन्न गरिने, नारायणी र राप्ती नदि कटान नियन्त्रण गर्न तटबन्ध गरिने, घोसरघाट नारायणी नदि पुल निर्माण, घोषणापत्रमा उल्लेख छ।

    त्यसैगरि रामपुर कृषि विश्वविद्यालयको सामर्थ्य विकास गरि विदेशी विध्यार्थी आकर्षण गर्ने निति निर्माण गर्ने, चितवनलाई प्रमुख शैक्षिक तथा मेडिकल हव बनाउने, प्रादेशिक पब्लिक विश्वविद्यालय स्थापना गर्न पहल गर्ने, आधुनिक पुस्तकालय र अनुसन्धान केन्द्र स्थापना गरिने, एक वडा एक नमुना विध्यालय बनाउन निति बनाउने, माडीमा रहेको दिवाकर प्राविधिक शिक्षालयलाई प्रादेशिक स्तरको महाविध्यालय बनाईने, भरतपुर अस्पताललाई केन्द्रीय शिक्षण र विपि कोईराला क्यान्सर अस्पताललाई क्यान्सर एकेडेमी बनाउने, मेडिकल विश्वविद्यालय स्थापना गर्न मेडिकल बोर्ड गठन गरिने, २८ वटै वडामा नागरिकको घरदैलोमा मोबाईल अस्पताल सेवा सञ्चालन गरिने उल्लेख छ ।

    त्यसैगरि आवश्यक वडामा १५ वेडको सुविधा सम्पन्न, माडीको बघौडामा प्रादेशिक र मेघौलीमा ५० शैयाको सिटि अस्पताल बनाईने, स्वास्थ्य सेवामा सुचना प्रविधिबाट सेवा लिन टेलि मेडिसिन सेवा सुरु गरिने, ५ वर्षभित्र सम्पुर्ण नागरिकको स्वास्थ विमा गरिने, स्वास्थ सेवालाई समतामूलक बनाउने योजना २८ वटै वडामा २८ पर्यटकीय गन्तव्य पुर्वाधार र विकास गरिने, मेघौली–शुक्रनगर–जगतपुर, बघौडा–बसन्तपुर हुदै शिवद्वारसम्मको सांस्कृतिक होम स्टे परिपथ निर्माण गरिने, एक सामुदायिक वन एक पर्यटकीय उधोग अवधारणा कार्यान्वयन गरिने, देवघाट–विक्रम बाबा–पाँच पाण्डव हुदै सोमेश्वरगढीसम्मको धार्मिक परिपथ कार्यान्वयन गरिने, माडी क्षेत्र समेटिएको ७ गन्तव्य प्रर्वद्वन गरिने, सिटी हल, प्रदर्शनी केन्द्र, गौतमबुद्व क्रिकेट रंगशाला निर्माण सम्पन्न गरि उपयोग गरिने, उत्पादन र उत्पादकत्व बृद्वि गर्न कृषिमा व्यवसायिकरण, आधुनिकिकरण र यान्त्रिकरणमा विशेष जोड दिईने, साना किसानलाई अनुदानको व्यवस्था गर्न पहल गरिने घोषणापत्रमा उल्लेख छ।

    यसैगरी चितवन निर्वाचन क्षेत्र ३ का कम्तिमा शैक्षिक प्रतिष्ठानमा कमाउदै पढ्दै कार्यक्रम सुरु गरिने, एक वडा एक उधमशिलता कार्यक्रम मार्फत युवाहरूलाई स्वरोजगार सिर्जना गरिने, भुमि विहिनहरूलाई प्राथमिकताका साथ हाल बसोबास गरेकै क्षेत्रमा जमिन धनीपुर्जा प्रदान गरि सुकुम्बासी समस्याको स्थायी समाधान गरिने गठबन्धनले जनाएको छ । ६ वर्ष मुनिका बालबालिकाहरूका लागि शारीरिक र बौद्विक विकासका लागि प्रत्येक वडामा बालविकास केन्द्र र युवालाई खेलकुद मैदान र जेष्ठ नागरिकका लागि एकिकृत जेष्ठ नागरिक सेवा केन्द्र निर्माण गरिने र कम्तीमा ३ स्थानमा बाल उधान निर्माण गरिने घोषणापत्रमा उल्लेख छ।

    २ वटा सुविधा सम्पन्न रंगशाला, २ ठाउँमा व्यवस्थित कवर्ड हल र स्पोर्टस् प्राविधिक शिक्षालय निर्माण गरिने योजना छ । जेष्ठ नागरिक भत्ता बृद्वि गर्न पहल लिईने, सेवा सुविधा घरदैलोमा दिने निति लिईने, भरतपुर २३ र १९ मा निर्माणाधीन बृद्वाआ श्रम सम्पन्न गरिने, २८ वटै वडामा रहेका आमा समुहलाई सशक्तीकरण गर्न विशेष सुविधा उपलब्ध गराउने, सुत्केरी भत्ता दोब्वर बनाउने प्रतिबद्धता छ । दलित समुदायको हितका लागि सांस्कृतिक अन्तरघुलन अभियान संचालन गरिने, एक वडा एक बहुउद्देश्यीय दलित भवन निर्माणका लागि तहगत सरकारसँग समन्वय गरिने उल्लेख छ ।

    दलित, आदिवासी एवं सिमान्तकृत समुदायका युवाहरूलाई रोजगारीमा नितिगत पहल लिने, फरक क्षमता भएका व्यक्तिहरूलाई रोजगारी दिने र व्यवसायीहरूलाई विशेष सम्मान र प्रोत्साहनको कार्यक्रम ल्याउने घोषणापत्रमा उल्लेख छ । शहिद परिवार, आन्दोलनका घाइते, बेपत्ता योद्वाका छोराछोरीहरूलाई स्वास्थ्य, शिक्षा, रोजगार र यातायातका क्षेत्रमा थप सहुलियत सहित अग्राधिकारको व्यवस्था गरिने, पुर्व सैनिक, प्रहरीलाई योगदानको कदर गर्दै राज्य निर्माणमा सदुपयोग गरिने, वन तथा वातावरण सन्तुलित जीवनको नारा अनुसार भान्सा नै पहिलो अस्पतालका रूपमा अभियान संचालन गरिने, नदिले कटान गरेका निजि जमिनको मुआब्जाका लागि पहल गरिने, स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्दै मेड ईन भरतपुर र माडी को ब्रान्ड कार्यक्रम सुरु गरिने, कम्तीमा २ ठाउँमा औधोगिक क्षेत्र विस्तार गरिने, ठोरी नाकालाई नियमित पारवहनका विकास गरिने प्रतिबद्धतामा उल्लेख छ ।

    सबै सरकारी सेवा प्रदायक निकायहरूलाई सुचना र प्रविधि मैत्री र स्कुल, अस्पताल र टोलटोलमा ईन्टरनेट निःशुल्क गराउने, श्रमजीवी मिडिया कर्मीका लागि निःशुल्क जीवन विमा र स्थानीय सञ्चारमाध्यमलाई विशेष सुविधा प्रदान गर्न पहल गरिने, दामोदर कुण्डबाट मुक्तिनाथ हुदै कालीगण्डकी करिडोर देवघाट (हरिहर क्षेत्र) तथा गोसाईकुण्डबाट त्रिशूली हुदै (हरिहर) त्रिवेणीधामसम्मको हरिहर सर्किटको अध्ययन र विकास गरिने साथै सबै तहका सरकारलाई अध्ययनमा आधारित निति, योजना र कार्यक्रम बनाउन नितिगत सुधार गरिने गठबन्धनको घोषणापत्रमा समावेश छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.