सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन कांग्रेस सभापतिलाई सचिवको काउन्टर विज्ञप्ति : संस्थागत निर्णयको अवमूल्यन


  •    न्युजभित्तो/१६ कार्तिक २०७९, बुधबार १०:५७ 
  • चितवन, कात्तिक १६। नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पूर्व सभापति कृष्णलाल सापकोटा र विकास कोइरालाको नाम हटाएर बाँकी पूर्व सभापतिको नाम प्रकाशित गरेपछि जिल्ला सचिव ध्रुवराज पोखरेलले काउन्टर दिने विज्ञप्ति निकालेका छन् ।

    सभापति खनालले मंगलबार साँझ सापकोटा र कोइराला पार्टीको पूर्व सभापति नै नभएको आशयको विज्ञप्ति निकालेपछि मंगलबार राती नै सचिव पोखरेलले विज्ञप्ति निकालेर खनाललाई काउन्टर दिएका हुन् ।पार्टीले कोइरालालाई गरेको कारबाहीको समय सिमा सकिसकेको र तीन वर्षदेखि अविलचित रुपमा पार्टी संगठनमा रहेका कोइरालाप्रतिको आग्रहपूर्ण व्यवहारले साथीहरुमा नैराश्यता छाएको उनले बताएका छन् ।

    चितवन कांग्रेसको जिल्ला कार्य समितिले २०७६ चैत ३ गतेको निर्णयले कोइरालालाई पूर्व जिल्ला सभापतिले सम्बोधन गरी कारबाही फुकुवा र क्रियाशिल सदस्यता नविकरण गर्न २०७६ चैत ६ गते केन्द्रिय समितिमा सिफारिस गरेको थियो । उक्त तथ्यलाई नजर अन्दाज गर्नु संस्थागत निर्णयको निरन्तरको अवमूल्यन ठहर्ने सचिव पोखरेलले बताएका छन् ।

    पूर्व जिल्ला सभापति कोइरालाले आज (बुधबार) भेटघाट तथा चियापान कार्यक्रम राखेको सूचना पाएपछि जिल्ला सभापति खनालले हतार–हतारमा कोइराला बाहेकका पूर्व सभापतिको नाम समावेश गरी निर्वाचनलाई लक्षित गरी कुनै पनि किसिमको कार्यक्रम नगर्न निर्देशनसहितको विज्ञप्ति निकालेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.