सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा कात्तिक १८ गतेदेखि मतदाता शिक्षा कार्यक्रम


  •    न्युजभित्तो/१४ कार्तिक २०७९, सोमबार १६:३३ 
  • चितवन, १४ कात्तिक । जिल्लामा कात्तिक १८ गतेदेखि मतदाता शिक्षा कार्यक्रम घरदैलोमा गरिने भएको छ । मतदाता शिक्षा जिल्ला स्तरिय समितिको आज यहाँ सम्पन्न बैठकले मतदाता शिक्षा कार्यक्रमलाई समुदाय स्तरमा लैजाने निर्णय गरेको हो ।

    बैठकले मंसिर १ गते सम्म स्थानीय तहका सबै वडाहरुमा एकै साथ घरदैलो कार्यक्रमको व्यवस्था मिलाउन मतदाता शिक्षा सञ्चालक समितिलाई आबश्यक सहजिकरण गर्ने निर्णय गरेको छ । मतदाता शिक्षा सम्बन्धि सम्पूर्ण सरोकारवालाहरुसंग समन्वय गर्दै स्थानिय तहले आयोगको अनुमतिमा बिभिन्न संघ संस्था र निकायबाट सञ्चालन गर्ने मतदाता शिक्षा सम्बन्धि घरदैलो, घुम्ति टोली कार्यक्रमको समन्वय, सहजिकरण र अनुगमन गर्ने छ । जिल्लामा प्राप्त शिक्षा सामाग्री सरोकारवालाहरुलाई उपलव्ध गराई मतदाता शिक्षा सम्बन्धि अध्ययन, अनुसन्धानलाई आबश्यक सहयोग र समन्वय गर्ने बैठकले निर्णय गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भिमशेन कार्कीले जानकारी दिनुभयो । समितिको संयोजक प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्को अध्यक्षतामा बैठक बसेको थियो ।

    मतदाता शिक्षाका लागि जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति रहेको छ भने पालिकामा प्रमुख प्रशासकीय अधिकृत र वडा तहमा वडा सचिबको संयोजकत्वमा समिति रहने व्यवस्था छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.