चितवन ३ (ख) की उम्मेदवार सरस्वती बिष्ट आफ्ना योजनाहरुसति मतदाताहरुको घरदैलोमा
न्युजभित्तो/८ कार्तिक २०७९, मंगलवार १४:३१
माडी (चितवन, ८ मंसिर । चितवन क्षेत्र ३ प्रदेश (ख) की उम्मेदवार सरस्वती बिष्ट आफ्नो योजनाहरुसहित निर्वाचन क्षेत्रका मतदाताहरुसित भेटघाट गरिरहनुभएको छ । विशेष गरी जनताको सुरक्षाको लागि रिउ र राप्ती नदीमा करिडोर निर्माण, भूमिहीन सुकुम्बासीहरुको लागि रोजगारसहितको स्थायी बसोबासको व्यवस्था, चितवन राष्टिय निकुञ्जमा पक्की सडक निर्माण, कृषिमा आत्मनिर्भरको व्यवस्था, शिक्षा ,स्वास्थ्यमा स्तरोन्नति, ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका स्थलहरुको संरक्षण र सम्बद्र्धनलगायतका योजनाहरुसहित मतदाताहरुमाझ पुगेर सल्लाह सुझाव लिनुभएको हो ।
नेकपा एमालेकी प्रदेश कमिटी सदस्यसमेत रहनुभएकी उम्मेदवार सरस्वती बिष्ट आफ्ना स्पष्ट योजनासहित मतदाताहरुमाझ पुग्दा मतदाताहरुले स्वागत गर्दै विजयको शुभकामना दिइरहेका छन् । आफ्नो निर्वाचन क्षेत्रमात्र नभएर समग्र चिवनको भूगोल, वासिन्दाहरुको अवस्था, मुख्य समस्याहरुका विषयमा गहन अध्ययन गरेकी सरस्वती बिष्टले समृद्ध नेपाल सुखी नेपाली बनाउने महान अभियान पूरा गर्नको लागि देशमा नेकपा (एमाले) को नेतृत्व आवश्यक रहेकोले अत्यधिक मतले नेकपा एमालेले अगाडि बढाएका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।
२०४३ सालमा जनपक्षीय उम्मेदवारहरुलाई जिताउनको लागि अग्रमोर्चामा रहेर काम गर्नुभएकी बिष्टले गीत संगीत, नाटकहरु देखाउँदै पञ्चायती व्यवस्थाका विरुद्धमा जनता जगाउने काम गर्नुभएको थियो भने २०४६ सालको आन्दोलन सफल बनाउने अनवरतरुपले लागिरहनुभएको थियो ।
प्रतिकूल अवस्थामा पनि परिवर्तनका आन्दोलनहरुमा उल्लेख्य योगदान गर्दै देश र जनताको हितमा समर्पित भएर अगाडि बढिरहने उम्मेदवार बिष्ट आफ्नै घरदैलोमा आउँदा मतदाहरु हर्षित भएर विकासका योजनाहरुका बारेमा सुझावसमेत दिएका छन् ।
जनताका समस्याहरु बुझेर जनभावना अनुसारनै अगाडि बढ्ने प्रतिवद्धता जनाएकी उम्मेद्वार बिष्टले नेपाली महिलाहरुलाई अगाडि बढाउँन नचाहने दुष्ट प्रवृत्तिका विरुद्ध सचेत रहनसमेत सबै मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।