सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जनताको मुहारमा हाँसो ल्याउन सत्ता गठबन्धन आवश्यक छ: जोशी


  •    न्युजभित्तो/२ कार्तिक २०७९, बुधबार १०:३९ 
  • चितवन,कात्तिक २। समाज परिवर्तनको लागि सत्ता गठबन्धनले जित्न जरुरी रहेको नेपाली कांग्रेसका नेता उत्तम जोशीले बताएका छन् । नेपाली कांग्रेस भरतपुर महानगर समितिले आयोजना गरेको शुभकामना आदान प्रदान तथा पूर्ण बैठकमा बोल्दै जोशीले अहिलेको सत्ता गठवन्धन भनेको जनताको मुहारमा हाँसो ल्याउन बनेको बताए । संविधान विरोधी गतिविधी गर्नेहरुलाई निस्तेज गर्दै गठवन्धनमा एकताबद्ध हुन उनले आग्रह गरेका छन्। उनी सत्ता गठवन्धनका तर्फबाट प्रदेश सभा सदस्यको उम्मेद्वार हुन् ।जनता समाज परिवर्तनको पक्षमा रहेकोले गठबन्धन रहरले नभई बाध्यताले बनेको जोशीले बताए । उनले भने, ‘समाज परिवर्तनको लागि सत्ता गठबन्धनले जित निकाल्न जरुरी छ । जनताको मुहारमा हाँसो ल्याउन सत्ता गठबन्धन आवश्यक रहेको उनी बताउँछन् ।

    केपि ओली सरकारले संबिधानको मर्म विपरित काम गरेको बताउँदै उनले यो गठवन्धन आबश्यक रहेको बताउए। संविधान र लोकतन्त्रको रक्षा संगै समृद्ध नेपालका लागि गठवन्धनलाई मतदान गर्न उनले अनुरोध गरे ।

    कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य टेक प्रसाद गुरुङ, उमेश श्रेष्ठ, नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले सम्बोधन गरेका थिए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.