सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अहिलेसम्मको उलपब्धि रक्षा गर्नको लागि गठबन्धन बनेको दाबी : रामचन्द्र पौडेल


  •    न्युजभित्तो/१ कार्तिक २०७९, मंगलवार १४:०८ 
  • काठमाडौं,कार्तिक १। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेसम्मको उलपब्धि रक्षा गर्नको लागि गठबन्धन बनेको दाबी गरेका छन् । तनहुँ क्षेत्र नम्बर १ मा मंगलबार बिहान कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफूहरूले विकास निर्माणका लागि राजनीति गरेको बताए । उनले भने, ‘अहिलेसम्मको उपलब्धि खतरामा परेपछि कस्तो अवस्थामा गठबन्धन निर्माण भएको सबैलाई थाहा छ । हामीले संविधान, लोकतन्त्र र गणतन्त्रलाई बचाउन गठबन्धन गरेका हौँ ।

    ’समयसँग आवश्यकता बढ्दै जाने भएकाले क्रमबद्ध रूपमा विकास निर्माणलाई अगाडि बढाएको पौडेलको भनाइ थियो । ‘हामीले सकेको गरेको छौँ विकासकै लागि हामीले राजनीति गरेका हौँ । विकासविनाको राजनीति खोक्रो हुन्छ’ उनले भने, ‘हामीले राजनीति जोगाएर विकास गरेका छौँ । एकैचोटि सबै कुरा हुँदैन । आवश्यकता बढ्दै जान्छ त्यही अनुसार काम अगाडि बढाउनुपर्छ ।’उनले आफूले हार्नु भनेको तनहुँले हारेको जस्तै भएकाले भोट माग्न आवश्यक नभएको जिकिर गरे । ‘तनहुँ भनेको मेरो आफ्नो घर हो । त्यसैले भोट माग्नुपर्छ जस्तो लाग्दैन । तपाईंहरूले आफैँलाई जिताउनु हो । आफैँलाई हराउनु हो । त्यसैले भोट माग्ने कुरा होइन । मिलेर काम गर्ने हो’ पौडेलले भने ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.