सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका जनताको सुख दुःखमा साथ दिन्छु : रवि लामिछाने


  •    न्युजभित्तो/१ कार्तिक २०७९, मंगलवार ११:१८ 
  • चितवन, कात्तिक १। चितवन क्षेत्र नं २ बाट उमेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिबेला घरदैलोमा व्यस्त छन् । उनी पुगेको ठाउँमा छोटो समयमा मान्छेको भिड लाग्ने गर्छ । रविलाई हेर्नकै लागि पनि मान्छेको भिड लाग्ने गरेको छ । घरदैलोका क्रममा आज विकास चोक पुगेका रविले यहाँको जनताको लागि दिनरात नभनि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।चितवनका जनताले यसपाली परिवर्तनको घण्टी बजाउने पनि उनले विश्वास व्यक्त गरे । ‘चितवनले यसपाली परिवर्तनको घण्टी बजाउने छ’, उनले भने, ‘म यहाँ चुनाव जित्न मात्र आएको होइन । चुनाव जितु वा नजितु यहाँ दिनरात काम गर्ने छु । यहाँको समस्यालाई आफ्नो समस्या ठानेर काम गर्छु ।’

    राम्रो मान्छे चुन्न सकियो भने देशमा परिवर्तन सम्भव छ भन्ने कुरा देशभरलाई थाहा हुने उनले बताए । आफु नयाँ पुस्ताको प्रतिनिधिका रुपमा आएको भन्दै उनले चितवनका जनताको सुख दुःखमा सँधै साथ दिने प्रतिबद्धता व्यक्त गरे । रविले आज आफ्नो निर्वाचन क्षेत्रमा पर्ने भरतपुर–५ मा घरदैलो कार्यक्रम गर्दै छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.