सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको कुन क्षेत्रमा कति छन् मतदाता ?


  •    न्युजभित्तो/३० आश्विन २०७९, आईतवार १२:२६ 
  • चितवन,३० आश्विन। मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभा निर्वाचन हुँदैछ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि चितवनमा चार लाख आठ हजार ३४२ मतदाता रहेका छन् । यो ०७४ को चुनाव भन्दा दश हजार ६५७ ले बढी हो । उनीहरु मध्ये महिला दुई लाख नौं हजार ३०९ र पुरुष एक लाख ९९ हजार ३२ जना रहेका छन् ।

    चितवनमा तीन प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ६ प्रदेश सभा क्षेत्र रहेका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख एक लाख ३९ हजार ८४५ मतदान रहेका छन् । क्षेत्र नम्बर १ मा एक लाख २४ हजार २१४ र ३ मा एक लाख ४४ हजार २८३ जना रहेका छन् ।

    यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा ६६ हजार १५, १ (ख) मा ७३ हजार ८३० जना मतदान रहेका छन् । २ (क) मा ६१ हजार ९७३, २ (ख) मा ६२ हजार २४२, ३ (क) मा ७८ हजार २८६ र ३ (ख) ६५ हजार ९९६ जना मतदान रहेका छन् ।

    प्रतिनिधि सभा चितवन निर्वाचन क्षेत्र नम्बर १ मा सत्तागठबन्धनबाट नेपाली कांग्रेसका विश्वनाथ पौडेल र नेकपा एमालेका सुरेन्द्र पाण्डेबीच रोचक भिडन्त हुँदैछ । प्रदेश सभा १ (क) मा कांग्रेसका किरण भुसाल ओली र एमालेका जग्नाथ थपालिया र १ (ख) मा एमालेका प्रकाश खनाल शैलेश र एकीकृत समाजवादीका कृष्णपसाद शर्मा खनाल भिड्दैछन् ।

    प्रतिनिधि सभा चितवन निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसका उमेश श्रेष्ठ, एमालेका कृष्णभक्त पोखेरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेबीच प्रतिस्पर्धा हुनेछ । प्रदेश सभा २ (क) मा एमालेका कृष्णप्रसाद सिलवाल र माओवादी केन्द्रका घनश्याम दाहाल तथा २ (ख) मा कांग्रेसका उत्तम जोशी र एमालेका देवीप्रसाद ज्ञवाली भिड्नेछन् ।

    प्रतिनिधि सभा चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रमा डा भोजराज अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विक्रम पाण्डे र कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाबीच प्रतिस्पर्धा हुनेछ । कोइरालाई एमालेले समर्थन गर्दैछ ।

    निर्वाचन क्षेत्र नम्बर ३ (क) मा कांग्रेस र सूर्यकान्त घिमिरे र एमालेका कृष्णप्रसाद भुर्तेल तथा ३ (ख) मा माओवादी केन्द्रका ठाकुर ढकाल, एमालेकी सरस्वती विष्ट र राप्रपाकी रिना गुरुङ लगायत भिड्दैछन् ।

    निर्वाचनका आगी तीन हजार ६८० जना कर्मचारी खटिदैछन् । चितवनका सबै मतदान केन्द्रमा मतदान अधिकृतसहित आठ-आठ जना कर्मचारी परिचालन हुनेछन् । उनीहरुसँगै हरेक मतदान केन्द्रमा चार जना स्थानीय स्वयंसेवक कर्मचारी पनि खटाईने छ ।

    चितवनमा कुल एक सय ६१ मतदानस्थल छन् । जसमा चार सय ६० मतदानस्थल रहेका छन् । ती सबै मतदानस्थलमा आठ-आठ जनाको दरले तीन हजार ६८० जना कर्मचारी खटिने छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.