सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बागी उम्मेदवारी फिर्ता लिन कांग्रेस चितवनको अपिल


  •    न्युजभित्तो/२६ आश्विन २०७९, बुधबार १२:२१ 
  • चितवन, असोज २६। नेपाली कांग्रेस चितवन बागी उम्मेदवारी दिएका कांग्रेस नेताहरुलाई उम्मेदवारी फिर्ता लिन अपिल गरेका छन् । जिल्ला सभापति राजेश्वर खनालले एक विज्ञप्ती जारी गर्दै तीन वटै निर्वाचन क्षेत्रमा बागी उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन अपिल गरेका हुन् ।प्रतिनिधिसभातर्फ चितवन क्षेत्र नं.१ मा महासमिति सदस्य राजेन्द्र प्रसाद बुर्लाकोटी, प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (क) मा महासमिति सदस्य धनबहादुर गुरुङ, प्रदेशसभा १ (ख)मा नेता राममणि न्यौपाने, प्रतिनिधिसभा क्षेत्र नं.२ मा क्षेत्रीय प्रतिनिधि जगदीशचन्द्र अर्याल, प्रतिनिधिसभा क्षेत्र नं.३ मा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला र क्षेत्रीय प्रतिनिधि तारा पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनीहरुको उम्मेदवारीप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै कांग्रेस चितवनले उम्मेदवारी फिर्ता लिन आह्वान गरिएको हो ।

    विज्ञप्तीमा भनिएको छ–‘मुलुक, लोकतन्त्र र पार्टी जीवनका लागि मंसिर ४ गते हुन गईरहेको संघीय तथा प्रादेशिक निर्वाचन–२०७९ नेपाली कांग्रेस र गठबन्धन दलका उम्मेदवारहरुले विजयी हासिल गर्नु अपरिहार्य छ, यो संघीन घडीमा राष्ट्रप्रतिको जिम्मेवारी बोध गर्दै पार्टीको निर्णय र निर्देशन शिरोधार्य गरि तोकिएको समयसीमा भित्र आ–आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता गरि पार्टी र गठबन्धन दलका उम्मेदवारहरुको पक्षमा पक्षिकरण गर्न गराउन हार्दिक अपिल गर्दछ ।’

    निर्वाचन तालिका अनुसार आज दिउँसो १ बजेभित्रमा उम्मेदवारी फिर्ता लिने समयतालिका रहेको छ । उम्मेदवारी फिर्ता नलिए स्वतः उम्मेदवारी कायम हुनेछ भने उनीहरुलाई पार्टीले स्वतः निकास्न गर्ने कांग्रेस केन्द्रीय समितिले निर्णय गरेको छ ।

    गठबन्धनबाट क्षेत्र नं.१ मा नेपाली कांग्रेसका डा.विश्व पौडेल, १ (क)मा किरण ओली १ (ख)मा नेकपा (एकीकृत समाजवादी)का कृष्ण खनाल, क्षेत्र नं.२ मा कांग्रेसका उमेश श्रेष्ठ, २ (क)मा माओवादी केन्द्रका घनश्याम दाहाल, २ (ख)मा कांग्रेसका उत्तम जोशी, चितवन क्षेत्र नं.३ मा माओवादी केन्द्रका डा.भोजराज अधिकारी, ३ (क) मा कांग्रेसका डा.सूर्यकान्त घिमिरे र ३ (ख)मा माओवादी केन्द्रका ठाकुर ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.