सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राप्रपाले चितवनका सबै क्षेत्रमा उम्मेदवारी दिने


  •    न्युजभित्तो/२३ आश्विन २०७९, आईतवार १२:५१ 
  • चितवन,असोज २३। चितवन क्षेत्र नं. ३ मा एमाले र राप्रपा बीच चुनावी तालमेलमा सहमति नभएपछि राप्रपाले सबै क्षेत्रमा उम्मेदवारी दर्ताको तयारी थालेको छ ।एमालेबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका एमाले चितवन अध्यक्ष रामप्रसाद न्यौपानेले राप्रपासँग कुनै सहमति नभएको बताए । एमालेले ग्रिन सिग्नल नदिएपछि उम्मेदवारी दर्ता गर्न राप्रपा उपाध्यक्ष पाण्डे चितवन आएका छन् ।

    राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीका अनुसार प्रतिनिधिसभा सदस्यका लागि चितवन क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री तथा केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे, चितवन–१ मा राप्रपा बागमती प्रदेशका सहसचिव मधुकुमार भट्टराई र चितवन–२ मा रविन अधिकारीले उम्मेदवारी दिने भएका छन् ।

    चितवन ३ मा माओवादी केन्द्रले डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ । यो क्षेत्रमा नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको नाम एकल रुपमा सिफारिस भए पनि उनको टिकट टुंगो लागिसकेको छैन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.