सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भगवान भनेकै बुवा–आमा हुन् : मेयर दाहाल


  •    न्युजभित्तो/१३ आश्विन २०७९, बिहीबार १६:५१ 
  • चितवन,१३ आश्विन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भगवान भनेकै बुवा–आमा भएको बताएकी छन् । भरतपुर वडा नम्बर २५ ले अयोजना गरेको ८० वर्ष पुरा भएका जेष्ठ नागरिकलाई सम्मान तथा अभिनन्दन कार्यक्रममा उनले विश्वका केही देशमा आफ्ना सन्तानले बुवा–आमाको तस्वीर राखेर पुजा गर्ने चलन अहिले पनि रहेको उल्लेख गरिन् ।नेपालमा पनि बुवा–आमालाई अहिले पनि भगवानकै ठाँउमा राखेर पुज्नेहरु छन्-मेयर दाहालले भनिन् । तर, केही व्यक्तिहरुले भने वृद्धि बुवा–आमालाई वृद्धआश्रममा गएर छाड्ने परिपाटी दुखद भएको बताईन् । बुवा–आमालाई हामीले सम्मान दिएनौ भने हाम्रा सन्ततीले त्यही सिको गर्ने उनको भनाई थियो ।

    जेष्ठ नागरिकका लागि एक वडा एक विश्रामस्थल, जेष्ठ नागरिकका सिप र अनुभवलाई ग्रहण गर्न पुस्तान्तरण कार्यक्रम, असल छोरा बुहारीलाई सम्मान कार्यक्रम, वडाका जेष्ठ नागरिकलाई सम्मान तथा तिर्थयात्रा गर्न बजेट विनियोजन गर्ने गरेको मेयर दाहालले जानकरी दिईन् ।

    बुवा–आमालाई हेला–होचो गर्ने अवस्थालाई न्युनिकरण गरी सबै घरमा खुसीयाली ल्याउन महानगरपालिकाले प्रयास गरिरहेको उनले औंल्याईन् । समाजमा देखिएका गलत सोच र विकृतिलाई निरुत्साहित गर्दै सुन्दर र सुसंस्कृत सहर निर्माण गर्न सबैले हातेमालो गर्नुपर्ने मेयर दाहालको भनाई थियो ।

    महानगरपालिकामा विगत ५ वर्षमा अधिकांश वडाहरुमा जेष्ठ नागरिक विश्रामस्थल निर्माण भईसकेको र निर्माण हुन बाँकी रहेका वडाहरुले जग्गाको पहिचान गरेर आए भवन निर्माण गर्न बजेट विनियोजन गरिने मेयर दाहालले प्रष्ट गरिन् ।

    भरतपुरमा विकासको गतिले लय लिई सकेकाले अबको ५ वर्षभित्र ठुलो फड्को मारिने उनले बताईन् । भरतपुरमा शिक्षा, स्वास्थय, पूर्वाधार, सडक पूर्वाधार, खानेपानी लगायतका क्षेत्रमा ठुलो फड्को मारेकै कारण पुनः जनताले निर्वाचित गरेर जिम्मेवारी सुम्पिएको उनको भनाई थियो ।
    यसैबीच बुधबार नै भरतपुर–२५ मा रहेको शान्तिनिम टोल विकास संस्थाको नवर्निमित भवनको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख दाहालले उद्घाटन गर्नुभयो । संस्थाको भवन निर्माणका लागि महानगरपालिकाले रु पाँच लाख रुपैयाँ विनियोजन गरेको थियो ।

    जेष्ठ नागरिकलाई सम्मान गर्ने वातावरण निर्माण गर्न समाजिक अभियान, सकारात्मक सोच र चिन्तनको विकास गर्न जरुरी रहेको उनले बताईन् । जेष्ठ नागरिकको सम्मानको लागि महानगरपालिकाले नीतिगत निर्णय गरी विभिन्न कार्यक्रमहरु अगाडि बढाएको मेयर दाहालले उल्लेख गरिन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.