सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मलाई जिताउनुहोस् विकास कसरी गर्ने काम गरेर देखाउँछु : विक्रम पाण्डे


  •    न्युजभित्तो/१२ आश्विन २०७९, बुधबार १८:५० 
  • भरतपुर, १२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले विकासको लहर ल्याउन आफुलाई जिताउन आग्रह गर्नुभएको छ । राप्रपा चितवन क्षेत्र नम्बर ३ ले पार्वतीपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले कालोपत्रे टाँसेको भरमा विकास ग¥यौँ भनेर भ्रम छर्नेहरुलाई विकास कसरी गर्ने हो भनेर देखाउन तयार रहेको जीकिर गर्नुभयो ।

    “कालोपत्रे टाँसेको भरमा विकास हुन्छ र ? खै गुरुयोजना, ७७ वटै जिल्लामा गुरुयोजना छैनन्”, उहाँले भन्नुभयो, “टालटुले विकासले देशको ढुकुटीमात्रै सकिन्छ, भिजन भएको नेता रोज्नुस् ।” उहाँले मंसिर ४ को निर्वाचनमा राष्ट्रवादी सोच भएका र राष्ट्रप्रति समर्पित भएकाहरुलाई भोट हाल्न सुझाव समेत दिनुभएको छ । “मंसीर ४ मा राष्ट्रवादी शक्ति राप्रपाको जित हुनुपर्छ”, उहाँले भन्नुभयो, “राष्ट्रवादीले नजिते देश विश्वको मानचित्रबाटै हट्ने जोखिम छ, देश ववार्द गर्नेहरु गठबन्धन गर्दैछन् ।”

    नाटकीय भाषण गर्दै हिड्ने मोटाएका राष्ट्रघातीहरुलाई धपाउनुपर्ने तर्क गर्नुभयो । उहाँले मार्न हिडेका र मान्छे मारेकाहरुको टाउकाको मूल्य लगाउनेहरु एउटै टोकरीमा बसेर जिल्लाहरु भाग लगाउन थालेको आरोप लगाउनुभयो । “यो जिल्ला तेरा, यो जिल्ला मेरो भनेर भाग लगाएका छन् , देशलाई बर्बाद गर्ने सल्लाहमा छन्”, उहाँले भन्नुभयो, “उनीहरुले जिते चुनावपछि यो देश दयनीय हुनेछ, जनताको चुनावमै फैसला गर्नुपर्छ ।” उहाँले राप्रपालाई देशको नेतृत्व गर्ने अवसर दिएमा काम गरेर देखाउने दाबी गर्नुभयो । “विदेश गएका युवाहरुलाई स्वदेशमै फर्काएर यही रोजगारी दिन्छौँ”, उहाँले भन्नुभयो, “विश्वको अगाडी कहिल्यै झुक्दैनौँ ।”

    अग्रगमनको छला मारेको भन्नेहरुले समेत देशलाई भलो गर्ने काम गर्न नसकेको जनताले बुझिसकेको बताउनुभयो । “राष्ट्रिय ढुकुटी रित्तिएका छन्, ऋणिहरुले ऋण तिर्न नसक्ने अवस्था छ, युवाहरु बेरोजगार छन्”, उहाँले भन्नुभयो, “अब जनता जाग्नुपर्छ, मंसीर ४ लाई सुदपयोग गर्नुपर्छ ।” जनतालाई नयाँ जीवन र देशलाई निकास दिन हलोनै सबैभन्दा उचित विकल्प रहेको जीकिर गर्नुभयो । राप्रपा भरतपुर महानगर सचिव सुलभ सिग्देलले १ सय ५ जना पार्टी प्रवेश गरेको जानकारी दिनुभयो । निर्वाचन क्षेत्र नम्बर ३ बाट नेता, कार्यकर्ताहरु अन्य पार्टी त्यागेर राप्रपामा प्रवेश गरेका हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.