सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रचण्डको निर्वाचन क्षेत्र माडीमा रवीको आज चुनावी सभा


  •    न्युजभित्तो/१२ आश्विन २०७९, बुधबार ११:३२ 
  • चितवन,असोज १२। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने आज चितवन आउँदैछन् । उनले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएको क्षेत्रमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।चितवन क्षेत्र नम्वर ३ मा यसपटक पनि प्रचण्ड निर्वाचन लड्ने तयारी गरिसकेका छन् ।

    सोही क्षेत्र अन्तर्गत पर्ने माडी नगरपालिकाको सभालाई आज दिउँसो १२ बजे सभापति लामिछानेले सम्बोधन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति धर्मेन्द्र सापकोटाले जानकारी दिए । उनले कार्यक्रममा बृद्धबृद्धालाई सम्मान र थारु जातिको सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिनेछ ।कार्यक्रम माडीको बसन्तपुर बजार स्थित मनकामना पार्टी प्यालेसको हल हुनेछ । लामिछाने चितवनबाटै चुनाव लड्ने तयारीका साथ आउन लागेको पार्टी स्रोतले जानकारी दिएको छ । लामिछानेले अहिलेसम्म कहाँबाट निर्वाचन लड्ने भन्ने औपचारिक घोषणा गरिसकेका छैनन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.