सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनबाटै उम्मेदवार बन्ने राज्यमन्त्री उमेश श्रेष्ठ


  •    न्युजभित्तो/११ आश्विन २०७९, मंगलवार १६:५४ 
  • चितवन,असोज ११ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले मंसिर ४ गते हुने निर्वाचनमा चितवनबाटै उम्मेदवार बन्ने बताउनुभएको छ । आस्था आमा समूह, भरतपुर महानगरपालिका–१२ ले बडा दशैं २०७९ को अवसरमा आयोजना गरेको नवदुर्गा पूजा समारोहको उद्घाटन गर्दै उहाँले पार्टीले टिकट दिए चितवन क्षेत्र नम्बर २ बाटै उम्मेदवार बन्ने बताउनुभएको हो ।उहाँले भन्नुभयो,‘म यही निर्वाचन क्षेत्रबाट चुनाव लड्छु, पार्टीले अन्तिम टुङ्गो लगाउन बाँकी छ । तपाइ सबैको सहयोग चाहिन्छ ।’ उहाँले एकपटक चितवनका जनताबाट अनुमोदित भएर देश र जनताको सेवा गर्ने धोको रहेको बताउनुभयो । मन्त्री श्रेष्ठ पछिल्लो समय चितवनका विभिन्न कार्यक्रमहरुमा सक्रिय हुनुहुन्छ ।

    धर्म, संस्कृतिको जगेर्नाका लागि बडा दशैंको अवसरमा नवदुर्गा पूजा समारोह आयोजना गरिएको समूहका अध्यक्ष अमृत भण्डारीले जानकारी दिनुभयो । आजदेखि १९ गते बिजया दशमीको दिनसम्म नवदुर्गा पूजा समारोह सञ्चालन हुनेछ । कार्यक्रममा बागमती प्रदेशका पूर्व मन्त्री विजय सुवेदी,वडाध्यक्ष लेखराज पन्त हरी लगायतको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.