सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

४० प्रतिशत नपाए पार्टीभित्र विद्रोह हुन्छ : डा.शेखर कोइरा


  •    न्युजभित्तो/८ आश्विन २०७९, शनिबार १६:२४ 
  • काठमाडौं,असोज ८। सत्ता गठबन्धनमा सिट बाँडफाँट पेचिलो बनिरहेको बेलामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीभित्रै नेता व्यवस्थापनमा चुनौति बनेको छ। पार्टीभित्र टिकट वितरणमा असन्तुष्टि जनाउँदै संस्थापन इतर पक्षले बेग्लै दबाव भेला राखेपछि देउवालाई थप समस्या परेको हो। पाँच दलभित्र सिटको भागबण्डा मिलाउन हम्मेहम्मे परेको बेलामा संस्थापन इतर पक्षको नेतृत्व गरिरहेका डा.शेखर कोइरालाले ४० प्रतिशत हिस्सा खोजेका छन्।गठबन्धनसँग प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले कम्तिमा १ सय सिट लिनुपर्ने दाबी गर्दै आइरहेका छन्। तर, देउवा गठबन्धन जोगाउन लचक हुन तयार छन्। प्रत्यक्षमा टिकटको टुंगो नलागेको बेलामा समानुपातिकमा समेत आफूहरुलाई अन्याय गरेर बन्द सूची बुझाइएको उनीहरुको आरोप छ। सिट बाँडफाँटमा न्यायोचित व्यवहार नभए गठबन्धनमै समस्या आउने चेतावनी कोइराला समूहको छ।

    खर पक्षका नेता जग्दीश्वरनरसिंह केसी देउवा अझै पार्टीको सभापति बन्न नसकेको दाबी गर्छन्। इतर पक्षको भेलामा पुगेका उनले भने, ‘उहाँले पार्टीलाई समान ढंगले विधि र विधानअनुसार चलाउँछु भन्नुभएको थियो। तर, उहाँको व्यहारमा देखिएन। उहाँ अझै गुटको मात्रै सभापति बन्नुभयो।’

    ‘शेरबहादुर दाई आफै संस्थापन इतर हुँदा नै पार्टीमा ६०/४० को नजित स्थापित गर्नुभएको हो। त्यसैले हामीले अहिले त्यही खोजेका हौँ। सम्मानजनक सिट नपाए विद्रोह हुनसक्छ’ उनको भनाइ छ। आफूहरुले सम्मानजनक रुपमा टिकट नपाए आफूहरु पार्टी बाहिर बस्ने चेतावनी दिए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.