सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वाईसियल नेपाल वागमती प्रदेश संयोजकमा चितवनका साजन अधिकारी


  •    न्युजभित्तो/२ आश्विन २०७९, आईतवार १६:४६ 
  • चितवन,असोज २ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सहायक संगठन वाईसियल नेपाल वागमती प्रदेश संयोजकमा साजन अधिकारी चयन हुनु भएको छ । संगठनको दोस्रो राष्ट्रिय भेलाबाट निर्वाचित केन्द्रीय कार्यालयको पहिलो बैठकको निर्णय अनुसार अधिकारीलाई संयोजकको जिम्मेवारी तोकिएको हो । अधिकारी यसअघि वाईसियल चितवन जिल्ला ईन्चार्ज हुनुहुन्थ्यो ।अधिकारी विस २०६२ मा चितवन माध्यामिक विद्यालय भरतपुरको अनेरास्वीयु क्रान्तिकारी इकाई अध्यक्ष हुँदै ०७२ सालमा चितवन जिल्ला संयोजक हुनु भएको थियो । विद्यार्थी राजनीतिपछि ०७३ मा वाईसियल जिल्ला उपाध्यक्ष भएर जिम्मेवारी बहन गर्नुभएको थियो । त्यसपछि ०७४ मा वाईसिलय राष्ट्रिय भेलाबाट केन्द्रीय सदस्य हुनु भएका अधिकारी चितवन जिल्ला संयोजक, ईन्चार्ज हुँदै प्रदेश संयोजक चयन हुनु भएको थियो ।

    वाईसियल वागतमी प्रदेशको संयोजकको कार्यभार सम्हालेपछि अधिकारीले संगठनले दिएको कार्यादिशा अनुसार अगाडि बढ्ने बताउनुभयो । अधिकारीले युवाहरुलाई झण्डा र डण्डा बोक्ने साधनको रुपमा मात्र नभई आत्मनिर्भरता र उत्पादनमा जोडेर राज्यका निकायहरुमा युवाहरुको भूमिका स्थापित गर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

    यस्तै संगठनको चितवन जिल्ला इन्चार्जमा भानु न्यौपाने र संयोजकमा कमल कँडेल चयन हुनु भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.