सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ प्रयोग गरे काठमाडौँ महानगरले कारबाही गर्ने


  •    न्युजभित्तो/३० भाद्र २०७९, बिहीबार ११:४४ 
  • काठमाडौं,भदौ ३०। काठमाडौँ महानगरपालिकाले आागमी असोज १ गतेदेखि सार्वजनिक स्थानमा धूमपान तथा सुर्तीजन्य पदार्थ प्रयोगलाई पूर्ण रुपमा निषेध गर्ने भएको छ । 
    महानगरपालिकाले आज सूचना जारी गर्दै निषेधित क्षेत्रमा धूमपान तथा सुर्तीजन्य पदार्थको प्रयोग गरेको पाईए कानून अनुसार कारबाही गरिने चेतावनी दिएको छ ।

    महानगरको ११ औँ अधिवेशनले सार्वजनिकस्थलमा धूमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गर्ने नीति पारित गरेको थियो । अहिले सो नीतिलाई कार्यान्वयन गर्न लागिएको महानगरपालिकाले जनाएको छ ।

    ‘प्रचलित कानून, सदाचार र सार्वजनिक हित तथा भलाईका दृष्टिले सार्वजनिक स्थललाई धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्ने स्थल बनाउन काठमाडौँ महानगरपालिकाद्धारा यो सूचना जारी गरिएको छ । उल्लंघन गरेमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८, समेतका आधारमा कानून उल्लंघन गर्ने व्यक्तिलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा तोकिए बमोजिमको जरिवाना समेत हुने व्यहोरा सूचित गरिन्छ ।’ सूचनामा भनिएको छ । 

    नेपालमा प्रत्येक वर्ष २७ हजार १३७ जनाले सुर्तीजन्य पदार्थको प्रयोगबाट मृत्यु हुने गर्दछ । । सरकारले सुर्तीजन्य पदार्थको सेवनलाई निरुत्साहित गर्न सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८, निर्देशिका बनाएको छ । तर प्रभावकारी कार्यान्वयन हुन सकेको छैन् । 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.