सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले सरकारमा जान मात्रै होइन, देश बचाउन खोजिरहेको छः ओली


  •    न्युजभित्तो/२७ भाद्र २०७९, सोमबार १५:५६ 
  • जनकपुर,भदौ २७। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारमा जानका लागि मात्रै नभएर देश बचाउन, विकास गर्न खोजिरहेको बताएका छन्। सोमबारबाट जनकपुरधाममा नेपाल बुद्धिजीवी परिषद्को प्रथम मधेस प्रदेश अधिवेशनमा प्रमुख अतिथिको आसनबाट बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेको ओलीले भने मंसिर ४ गते देश कता जान्छ त्यस सम्बन्धमा जनताले महत्वपूर्ण निर्णय लिने बताए।उनले भने, ‘नेकपा एमालेबाहेक यी र यस्ता प्रभावकारी कार्यक्रम अरु कसैले गर्न सक्दैन। मंसिर ४ गतेको निर्वाचनबाट एमालेको सरकार बनाउनुपर्छ।

    यदि एमालेको नेतृत्वमा सरकार बन्न सकेन भने देश बर्बादीतर्फ जान्छ। पाँचदलीय गठबन्धनको सरकार राष्ट्रियताको हिसाबले गठबन्धनले समग्र प्रणालीलाई नै संकटमा पार्ने काम गरिरहेको आरोप लगाए।अध्यक्ष ओलीले भने, सबैले मिलेर सबैका लागि समृद्ध नेपाल र सुखी नेपाली बनाउने अठोटका साथ आगामी निर्वाचनमा एमालेको नेतृत्वमा सरकार बनाउनुपर्छ। ओलीले आगामी निर्वाचनले एमालेको नेतृत्वमा सरकार बन्ने र सोही सरकारले देशलाई विकास र गतिको दिशामा अगाडि बढाउने बताए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.