सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पहाडमा खान नपुगेर चितवन झरेको बच्चा म दुई पटक प्रधानमन्त्री भएँः प्रचण्ड


  •    न्युजभित्तो/२६ भाद्र २०७९, आईतवार १४:५९ 
  • चितवन,भदौ २६। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदेश्य बनाए सफल भइने बताएका छन् । नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफू गरिब परिवारमा जन्मिएर पनि २ पटक प्रधानमन्त्री भएको सुनाए ।पहाडमा आफ्नो परिवार चितवनमा झरेको बताउँदै कुनै उद्देश्य बनाए सफलता प्राप्त गर्न सकिने बताएका हुन्। ‘म आफ्नो विगत र इतिहासलाई फर्केर हेर्छु म कास्कीमा गरिब परिवारमा जन्मेको हुँ । खान लाउन नपाउने भएपछि चितवन सरेको हो,’ उनले भने ‘मेरो पढाइ लेखाइ सबै त्यहीँ भयो। एसएलसी गर्दैगर्दा युवाहरू छलफल भयो। त्यहाँ राजनीतिलाई ट्र्याकमा ल्याउन आवश्यक भन्ने निष्कर्षको साथ लागेको हुँ।’

    उनले आफूले युवा अवस्थामै सपना देखेको र मुलुकलाई लोकतान्त्रिक गणतन्त्रमा पुर्‍याउने सफल भएको जिकिर गरे । उक्त अठोट अझै कायम रहेको बताउँदै उनले युवाहरुलाई पनि सपना देख्न र सफल हुन आग्रह गरे । ‘म पहाडमा खान नपुगेर चितवन झरेको बच्चा अहिले गणतन्त्र नेपालको दुई पटक प्रधानमन्त्री भइसके। म गौरव ठान्छु,’ उनले भने ।

    आफूले युद्धको कमाण्ड गरेर सुप्रिम कमाण्डर बनेको विस्तृत शान्ति सम्झौताको नेतृत्व गरे गरेकोसमेत प्रचण्डले बताए । उनले देशको आर्थिक विकासका लागि युवाहरु जागरुक हुनुपर्ने पनि औँल्याएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.