‘समृद्धिको अर्थ आर्थिक विकास मात्र होइन ’: राष्ट्रपति भण्डारी
न्युजभित्तो/२४ भाद्र २०७९, शुक्रबार १५:२१
काठमाडौँ, भदौ २४ । राष्ट्रपति विद्यादेवी भण्डारीले आम नागरिकसम्म अध्ययनको पहुँच पु¥याउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो,“यसका लागि कारागार र सार्वजनिकस्थललगायत ठाउँमा प्रविधिमैत्री पुस्तकालय बनाइनुपर्छ । ” किताब यात्रा फाउण्डेशन र किताब यात्रा प्रालिद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित दुईदिने किताब जात्रा शुभारम्भ गर्नुहुँदै उहाँले अध्ययन कागजमा छापिएका अक्षरबाट मात्र नहुने बताउनुभयो । जीवनका विभिन्न आयामबाट पनि अध्ययन हुने राष्ट्रपति भण्डारीको भनाई थियो ।“समाज परिवर्तन, राष्ट्रको उत्थानका लागि नागरिक अनुशासित, मर्यादित, मुलुकप्रति हुनुपर्छ, त्यसका लागि सुपठित हुनु पहिलो शर्त हो, समृद्धिको अर्थ केवल आर्थिक विकास मात्र होइन, ज्ञान र सभ्यताको समृद्धि पनि हो”, उहाँले भन्नुभयो ।
अनेक भाषा वा भएको देशमा अन्य देशमा लगेर साहित्यलाई समृद्ध बनाउने फाउण्डेशनका प्रयत्न स्वागतयोग्य रहेको उहाँले बताउनुभयो । कार्यक्रममा राष्ट्रपति भण्डारीले साहित्यकार ध्रुवचन्द्र गौतमको अथक साधना र संस्कृतिविद् सत्यमोहन जोशीको बहुआयामिकताको पनि प्रशंसा गर्नुभयो ।
कार्यक्रममा यस वर्षको प्रेम साहित्य सम्मान आख्यानकार गौतमलाई प्रदान गरिएको थियो । यसैगरी किताब जात्रा उत्कृष्ट बिक्री पदक संस्कृतिविद् जोशीका बारेमा लेखिएको पुस्तक ‘सत्यमोहन’ का लेखक गिरिश गिरीलाई प्रदान गरिएको थियो ।
शनिबारसम्म चल्ने जात्रामा करिब ६० प्रकाशनगृहका पुस्तक प्रदर्शनीमा राखिएको छ । फाउण्डेशनका अध्यक्ष ऋषिराम अधिकारीले विगत पाँच वर्षअघिदेखि किताब जात्राको आयोजना गर्दै आएको जानकारी दिनुभयो । जात्राका अवसरमा पठन संस्कृति, नेपाली साहित्यलगायत विषयमा बहस पनि आयोजना गरिने जनाइएको छ । रासस